कुमुदिनीका छात्राहरु अन्र्तराष्ट्रिय सम्मेलनमा

पोखरा, १९ असोज/पोखराको गैहपाटनमा रहेको कुमुदिनी होम्स् उच्च माविमा अध्ययनरत छात्राहरु राजधानीमा हुन लागेको अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन विहिबार त्यसतर्फ प्रस्थान गरेकाछन् ।असोज १८ गते देखि २२ गतेसम्म काठमाण्डौमा आयोजना हुने छात्राहरुको अन्र्तराष्ट्रिय शान्ति सम्मेलनमा कुमुदिनी उमाविमा कक्षा नौमा अध्ययनरत स्विकृति अधिकारी र नमुना ढकालले भाग लिने विद्यालयले जानकारी दिएकोछ। एशियाका विभिन्न दश देशका ४४ छात्राहरु सम्मिलित हुने उक्त पाँच दिने सम्मेलनको आयोजना विकल्प ज्ञान तथा विकास केन्द्रले गरेको हो।

कमेन्टहरु
Loading...