१० किमि दौडमा सैनिक आवासियका विनोद थापा प्रथम

मंसिर ९, कास्की/ बृहत राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्वसको अवसरमा शनिबार पोखरामा सम्पन्न भएको अन्तरबिद्यालय स्तरीय १० किलोमिटर सडक दौडमा सैनिक आवासिय महाबिद्यालयका विनोेद थापा प्रथम भएका छन ।

थापाले निर्धारीत दुरी २८ मिनेट ७ सेकेण्डमा पार गरी प्रथम भएका हुन । त्यसै गरी २९ मिनेट ४३ सेकेण्डमा दुरी पार गरेका सैनिक आवासियकै उत्तम अधिकारी दोश्रो हुदा ज्ञानुबाबा आवासिय उच्च माविका कृष्ण सुवेदी तेश्रो भए । सुवदीले ३१ मिनेट ६ सकेण्डमा दुरी पार गरेका हुन ।

प्रतियोगितामा २९ बिद्यालयका ५९ जनाले सहभागिता जनाएको दौड संयोजक दिनेश अर्यालले बताए । प्रतियोगितामा प्रथम हुनेले ६ हजार दोश्रो हुनेले ४ हजार र तेश्रो हुनेले ३ हजार सहित मेडल प्रमाण पत्र महोत्सव उद्घाटनकोे अवसरमा पाउने छन । पृथ्बीनारायण क्याम्पस गेट अगाडीबाट सुरु भएको दौड, विन्ध्यवासिनि, नालाकोमुख, पालिखेचोक, मेहन्द्रपुल, न्युरोड, सभागृहचोक, पृथ्बीचोक, एर्यरपोट, पार्दीविरौटा, राष्ट्रबैंकचोक हुदै बसुन्धरापार्कमा पुगेर टुंगिएको थियो ।

कमेन्टहरु
Loading...