व्याडमिण्टनको टिम ईभेण्टबाट पोखरामा १३ औं सागको शुरुआत

पोखरा, १४ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने व्याडमिण्टनको टीम ईभेण्ट अन्तरगतको खेलबाट पोखरामा दक्षिण एसियाली खेलकुदको औपचारिक शुरुआत हुने भएको छ । यस प्रतियोगिता अन्तरगत पोखरामा ८ वटा खेल हुँदैछन् ।

पोखरामा हुने व्याड्मिण्टनमा सहभागि हुन सातै देशका खेलाडी तथा अफिसियल पोखरा आईसकेको कास्की जिल्ला व्याडमिण्टन संघका अध्यक्ष डम्बरसिँह गुरुङ्ले जानकारी दिए । ‘अन्तिममा पाकिस्तानको टिम आएको जानकारी पाईएको छ ।’ उनले भने, ‘भोलीबाट टिम ईभेण्ट शुरु हुन्छ र टिम ईभेण्ट सकिएपछि अरु ईभेण्टहरु हुनेछन् ।’

ब्याडमिन्टन अन्र्तगत टिम इभेन्ट तर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन । त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ मंसीर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुनेछ । १८ गते महिला तथा पुरुष सिङ्गल र डवल्सको क्वाटरफाईनल खेल हुने छ भने १९ गते सबै इभेन्टका सेमिफाइनल र २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिए ।

महिला टिम तर्फ भारत र श्रीलका वाई पाएर क्वाटरफाईनमा प्रबेश गरेका छन् । यसै गरि पाकिस्तान र माल्दिभ्स अर्को खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन् । यसै गरि पुरुष तर्फ भारत र श्रीलकाले वाई पाएर सिधै क्वाटरफाईनलको यात्रा बनाएका छन् । पाकिस्तान र बंगलादेश र अर्को खेलमा नेपाल र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

विहान ९ बजे एक औपचारिक कार्यक्रम गरेर गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले पोखरामा हुने १३ औं साग खेलकुदको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरामा हुने व्याडमिण्टनमा टिम ईभेण्टसँगै महिला पुरुष सिंगल, डबल्स र मिक्स ईभेण्ट पनि समावेश गरिएको छ ।

सहभागी सवै सात देशले सहभागि जनाउने एक मात्र खेल ब्याडमिन्टनका लागि ९४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता २० मंसिर सम्म चल्नेछ । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १४ कास्य गरि २८ पदकका लागि खेल हुनेछ ।

कमेन्टहरु
Loading...