लेकसिटी कलेजमा अन्तरक्रिया

पोखरा, असोज १५/सामाजिक विज्ञानको महत्वको बारेमा जानकारी दिलाउन गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा एकदिने अन्तरक्रिया गरिएको छ । उच्चमावि र स्नातकतहमा समाजशास्त्र र पत्रकारिता विषय अध्ययनरत विद्यार्थीका लागि लक्षित गरि आयोजित कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड जेलनर र अर्का प्राध्यापक कृष्ण अधिकारीले सामाजिक विज्ञानको महत्वको बारेमा जानकारी दिएका थिए ।

विद्यार्थीको मनोवल र आत्मविश्वास बढाउने तथा सामाजिक विज्ञानको बारेमा जानकारी दिलाउन उक्त कार्यक्रम आयोजना गरिएको पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष प्राध्यापक विश्वकल्याण पराजुलीले जानकारी दिए । कार्यक्रममा करिब ४० जना विद्यार्थी सहित प्राध्यापकहरु सहभागि थिए ।
‘विद्यार्थीका लागि आयोजना गरिएको यो कार्यक्रमले सामाजिक विज्ञानको महत्व बुझ्ने मौका मिलेको छ’ पराजुलीले भने, ‘यसले गर्दा आगामि दिनमा यो क्षेत्रमा लाग्न युवापुस्तालाई सघाउने विश्वास छ ।’

कलेजले पछिल्लो समय विद्यार्थीलाई किताबि ज्ञानसँगै बाह्य जानकारी दिलाउन यस्तै खालका जानकारीमुलक अन्तरक्रिया कार्यक्रम गरिरहेको उनले बताए । नयाँ भर्ना खुलेको स्नातक पहिलो वर्षका विद्यार्थीका लागि पनि आगामी दिनमा यस्तै जानकारीमुलक कार्यक्रम गर्ने उनले सुनाए । कलेजमा स्नातक तहसम्म पत्रकारिता र समाजशास्त्र विषयमा अध्ययापन हुन्छ ।

कमेन्टहरु
Loading...