युवा रेडक्रस शिक्षा महाविद्यालयमा दुर्गादत्त

पोखरा, १४ असोज/नेपाल युवा रेडक्रस सर्कल शिक्षा महाविद्यालय तथा शिवशक्ति उच्च माविको १६ औँ साधारणसभाले कार्यसमिति पुर्नगठन गरेको छ । पुर्नगठन भएसंगै युवा रेडक्रस शिक्षा महाविद्यालयमा दुर्गादत्त पौडेल चयन भएका छन् ।
पुर्नगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा सुशिला बराल, द्वित्तिय उपाध्यक्षमा सम्झना आचार्य, सचिवमा दिनेश रोकामगर, सहसचिवमा मनु नेपाली, कोषाध्यक्षमा सविना फुँयाल र सहकोषाध्यक्षमा सुनिता मिजार चयन भएका छन् । समितिका सदस्यहरुमा ज्योती श्रेष्ठ, अमृता थापा, माया गुरुङ, सपना पुर्जा र मिथुन क्षेत्री चयन भए ।
युवा रेडक्रस सर्कलको संरक्षकमा चन्द्रकान्त रेग्मी चयन भए भने शिक्षक नायकमा भोजराज बाँस्तोला चयन भएका छन् । त्यस्तै सल्लाहकार सदस्यहरुमा सम्भुराज बास्तोला, राजकुमार गुरुङ र तोलाकान्त न्यौपाने चयन भएका छन् ।
 

कमेन्टहरु
Loading...