बस व्यवसायी समितिको रक्तदान कार्यक्रमबाट ६३ युनिट रंक्त संकलन

पोखरा १४, असोज/पोखरामा रगत अभाव भएको समयमा पोखरा बस व्यवसायी समितिले आज (सोमबार) आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६३ युनिट रंक्त संकलन भएको छ । आफ्नो स्थापनाको २१ औं बार्षिकोत्सवको अवसरमा समितिले पोखरा बगर पृथ्बीनारायण क्याम्पस गेट अगाडी आयोजना भएको कार्यक्रममा समितिका संस्थापक अध्यक्ष हर्कबहादुर गुरुङले पहिलो रंक्तदाता समितिका सचिव गोपाल बराललाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन । कार्यक्रममा रंक्त संचार केन्द्रका प्राविधिक धुर्वमणि लामिछानेले मानव जिवनमा रगतको महत्वको बारेमा चर्चा गरे ।bloodसमितिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समितिका पुर्व अध्यक्ष बमबहादुर गुरुङ, बार्षिकोत्सव कार्यक्रमका संयोजक एवम बरिष्ठ उपाध्यक्ष महाप्रसाद सुवेदी, अखिल नेपाल मजदुर संगठन कास्कीका अध्यक्ष बिष्णु खत्रि, अखिल नेपाल मजदुर संघ कास्कीका अध्यक्ष सुर्यमणि लामिछाने, नेपाल मजदुर संघ कास्कीका सचिव सागर लामा, लेखा संयोजक लेखनाथ बराल, पत्रकार दिननाथ बराल लगायतले रक्तदान कार्यक्रमको बारेमा चर्चा गरेका थिए । असोज १५ गते मंगलबार बार्षिकोत्सवको अवसरमा समितिले पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीलाई खेलसामाग्रि हस्तान्तरण गर्ने भएको सचिव बरालले बताए ।

कमेन्टहरु
Loading...