स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष सम्मानित

पोखरा–१३ असोज। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद
बास्तोला सम्मानित हुनुभएको छ।
पत्रकारिता क्षेत्रलाई राजनीतिबाट मुक्त राखी सत्य, तथ्य र निस्पक्ष समाचार प्रवाह
गराउन सकारात्मक अभियान सञ्चालन गरेको भन्दै प्रतिभा टोल विकास संस्था
पोखरा–८ ले आÇनो नवौं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा
उहाँलाई सम्मान गरेको हो।
यसैगरी उक्त संस्थाले स्वतन्त्र पत्रकार संघको अभियानको सफलताको कामना गर्दै
नगद तीन हजार रुपैयाँ सहयोग समेत प्रदान गरेको छ।
समारोहका प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष दामोदर चालिसेले
सम्मान पत्र प्रदान गरेर तथा संस्थाका अध्यक्ष रोमनाथ बरालले दोसल्ला ओढाएर
अग्रज पत्रकार बास्तोलालाई सम्मान गरेका थिए।

कमेन्टहरु
Loading...