पर्यटकिय गाँउ हर्पन वृहत सरसफाइ

पोखरा, १३ असोज/कास्कीको पर्यटकिय गाँउ तामागी, हर्पन र चैनपुरमा वृहत सरसफाई एवं पर्यटन प्रवर्धन अन्तरक्रिया कार्यक्रम भएको छ । ३४ औं विश्व पर्यटन दिवसको अवसरमा भएको सरसफाई कार्यक्रममा ५ किलोमिटर मोटरवाटो, पोखरी तथा खानेपानीका मुहान जनश्रमदानवाट सरसफाई गरिएको स्थानिय निलगगन विकास समाजका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।

पोखरादेखि पश्चिममा रहेको चैनपुर, हर्पन र तामागी जाने ठूलाखेत चैनपुर–हर्पन खण्डको मोटरवाटो स्थानिय नागरिकले सफा गरेका हुन् । सरसफाई कार्यक्रममा ८० जना स्थानिय वासिन्दाको सहभागिता रहेको थियो । पारिस्थतीकिय प्रणालीका आधारित अनुकुलन कार्यक्रम कास्कीको सहयोगमा भएको अन्तरक्रियाका पञ्चासे संरक्षित वन कार्यक्रम जिल्ला ईकाई परिषद् कास्कीका अध्यक्ष रामकाजी गुरुङ्गले पञ्चासेको पर्यटन विकासका लागि स्थानिय नागरिकमा जागरुकता आवश्यक भएको वताउनुभयो । उहाँले प्रशस्त आयआर्जन तथा आर्थिक समृद्धिका लागि होमस्टे कार्यक्रम यस क्षेत्रमा सुरु गएको जानकारी दिनुभयो । ग्रामिण पर्यटन विकासका लागि स्थानिय उत्पादनका जोड दिनुपर्ने गुरुङ्गको भनाई छ ।

पत्रकार भानु पराजुलीले ग्रामिण पर्यटन सम्भावना र चुनौति विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रका विषयमा गाउँ विकास समितिका पूर्वउपाध्यक्ष हरिभक्त पौडेल, स्थानिय हर्पन आमा समूहका अध्यक्ष गिता भट्टराई निलगगन विकास समाजका अध्यक्ष युवराज पौडेलले आफ्ना धारणा राख्नुभएको थियो । पूर्वउपाध्यक्ष पौडेलले दीर्घकालिन पर्यटन रणनीति वनाएर अघि वढे मात्रै पञ्चासे क्षेत्रको पर्यटन विकास सम्भव रहेको दावी गर्नुभयो । नागरिक सचेतना र एकता पनि ग्रामिण पर्यटनको सम्भावना हुने तर्क पौडेलको थियो ।

कमेन्टहरु
Loading...