बसन्तको संगीत एकेडेमीको सपना

आठ वर्ष सहारा क्लबलाई हाकेर नेतृत्व सुम्पिएपछि फुर्सदिला बनेका ५५ वर्षे वसन्त थकालीे आफूभित्रको लोकगायनको प्रतिभा फेरि प्रष्फुटन गर्दैछन् ।

बीस गीत रेकर्ड गराई दुई वर्षभित्रमा एकल सा“झ गरेर आफ्नो लोकसांगीतिक कलालाई मूर्त रुप दिने योजना पूरा गर्न दिनरात खटिरहेका छन् थकाली । संगीतमा आफूमात्रै लाग्ने होइन असहाय बालबालिकालाई पनि ल्याउने उनको योजना छ । त्यसैले सपना सा“चेका छन् संगीत एकेडेमीको ।
धन बस्नेत÷पोखरा
स्कुलका टाठै विद्यार्थी थिए उनी र उत्कृष्ठ पा“चभित्र पर्थे । पढाइका अलाबा कलाप्रेम अन्तरकुन्तरमा लुकेको थियो । बेलाबेला प्रस्फुटन हुन्थ्यो कला र नाच्न गाउन अघि सर्थे । त्यही कला र भिन्न प्रतिभाले स्काउटको सदस्यसमेत बनायो । एक वर्ष स्काउट सदस्य बनेर सानैमा सामाजिक कर्ममा होमिए । कला र सामाजिक सेवाको लक्ष्य चुम्ने सपनाले पखेंटा हालेपछि ढिकुरपोखरीबाट वसन्त थकाली २५ किलोमिटर दुरीको पोखरा ओर्र्लिए ।basanta 3

२०३० सालतिर हुनुपर्छ पोखरा ओर्लिएपछि कला र खेलकुदलाई पेसाकै रुपमा नअंगाले पनि विभिन्न क्लब तथा संघसंस्थामा रहेर सामाजिक कार्य गर्ने अवसर जु¥यो उनलाई । धेरै संघसंस्थामा विभिन्न भूमिकामा रहेर सामाजिक सेवामा व्यस्त बने । २०३९ सालमा कलाकारितामा फर्किए । गीत रेकर्ड गर्न काठमाडौं हानिए । केही समय गीत रेकर्ड गर्न नपाए पनि धैर्य राखे । २०४० सालमा गीत रेकर्ड गराएरै छाडे । ०४२ सालमा खेलकुद क्षेत्रमा फर्किएका थकालीले घरगृहस्थी चलाउन केही वर्ष व्यापारमा हात हाले । व्यापारभन्दा उनको व्यस्तता सामाजिक कर्ममा हुनथाल्यो ।

अहिले चर्चाको चुचुरोमा रहेको पोखराका सहारा क्लबलाई वसन्तले सुरुदेखि नै नेतृत्व दिएका हुन् अध्यक्ष भएर । क्लबलाई हुर्काए, बढाए र अहिले युवापुस्तालाई हस्तान्तरण गरिसके । आठ वर्ष क्लबलाई हा“केर नेतृत्व सुम्पिएपछि फुर्सदिला बनेका थकाली गीतसंगीतमा चुर्लम्ब डुब्ने उही पुरानो इच्छा पूरा गर्ने धुनमा छन् । मनमुटुमा कलाप्रेम हु“दाहु“दै २०४२ सालमा त्यो यात्रा स्थगित गरेजस्तो भएको थियो । त्यसको तीन दशकपछि फेरि कलाकारितामा फेरि जुटेका छन् ।

‘स्थायी रुपमा सरकारी जागिरे कहिल्यै भइन् । सधै अस्थायी रह“दै हि“ड्दा तलबले कहिल्यै पुगेन्,’ बढी फुर्समासे बनेको झल्को सम्झ“दै वसन्त थकाली पुराना कुरा उप्काउ“छन्, ‘मनाङमा रह“दा खाइरहेको अस्थायी जागिरले बेखर्ची बन्दा आफ्नो साथमा भएको गितारलाई समेत कसैलाई जिम्मा लगाई फिर्नुपरेको थियो । पोखरा फिर्ने क्रममा गीत गाएर मनको धोको पूरा गरें ।’ basanta

‘मलाई मेरो तलबले मलाई पुगेन
उधारो खानलाई कहिल्यै छुटेन,
बुढियालाई गुनियो कहिल्यै जुटेन’

२०३८ सालमा गुनगुनाएको गीतलाई थकाली ०७० सालमा आएर मात्रै स्रोता समक्ष ल्याउन धम्मरधुस भएर लागेका छन् । अर्कैले रचना गरेको गीतले त्यतिबेला उनको यथार्थतालाई झल्काइदिएको थियो । उनको संगीतप्रतिको मोहलाई ०६९ सालबाट ऊर्जाशील हु“दैहु“दै जुर्मुराएको छ । खेलकुदकर्मीको पहिचानले कलाकर्मीको पहिचान छोपेजस्तो भए पनि खासमा उनको कलाकारिता मरिसकेको थिएन । कलायात्रामा विश्राममा थियो । तीनदशक खेलकुद क्षेत्रमा लागेर ओझेलमा राखेको कलाकारितालाई फेरि ब्यु“झाउने प्रयासमा गरिरहेका छन् । ‘तीन दशक कलाकारितालाई ओझेलमा राखें,’ उनी भन्छन्, ‘तर अब कलाकारितालाई अगाडि बढाउ“दै छु ।’

जोमसोम माथिको ठिनीको गाउ“
साह्रै नै राम्रो छ यो ठाउ“
कलाकारितालाई अझ सुरिलो बनाउन थकालीले पुरानो गाउ“ मुस्ताङको ठिनीलाई शब्दमा बयान गर्दै स्रोता समक्ष पु¥याइसकेका छन् । त्यो गीतको सिडीलाई लोकापर्ण गर्न मुस्ताङ जा“दैछन् । लोकगायनमा रमाइरहेका थकालीले पुराना दिनलाई सम्भ“mदै गाएको गीत मर्मस्पर्शी छ ।
‘झल्को उही दिनको,
के छ र जिन्दगीमात्रै दुई दिनको’

‘अ“धेरीमा जुनतारा,
उजेलीमा झुल्के घाम,
हिड माया स“गै जाम’
थकालीले गाएको यो पछिल्लो गीत हो । १४÷१५ को उमेरदेखि गाउन थाले पनि रेकर्ड भने गराएका थिएनन् । २०४० सालमा रेडियो नेपालबाट आधिकारिक गीत रेकर्डको सर्टिफिकेट पाएपछि एकाएक खेलुकदले गीतसंगीतलाई ओझेलमा राखिदियो । खेलकुदको माध्यमबाट सामाजिक सेवामा लागिरह“दा बेफुर्सदी भए पनि संगीतको चाहनालाई पूरा गराउन धैर्य राखे । संगीतकै दुनिया“मा रह“दा थकालीले लोक गायिका हरिदेवी कोइरालालाई रेडियो नेपालमा लगेर गीत रेकर्ड गराए । basanta 1
उनको संगीतप्रतिको मोह खेलकुदमा पनि प्रष्टिएको छ । सहाराले आयोजना गर्दै आएको आहा गोल्डकपमा बज्ने गीत उनकै रचना हो । विनोद बानिया“ले स्वर भरिदिए । उनले विभिन्न चरणमा गीत गाए यद्यपि रेकर्ड भएको केवल चारवटा मात्रै छन् । उनकै नेतृत्वमा हु“दा सहारा क्लबले फुटबल एकेडेमीको सपना देख्यो र साकार गर्न पाइला अघि बढायो । अहिले भने उनी संगीत एकेडेमी स्थापना गरेर संगीतमार्फत सामाजिक क्षेत्रमा फेरि आफूलाई उपस्थित गराउने अभियानमा लागिपरेका छन् ।

संगीतको माध्यमबाट सामाजिक सेवा गर्न उनले वसन्त रुविना फाउण्डेशन स्थापना गरेका छन् । असहाय विपन्न, दुखी र आर्थिक समस्याले पीडितलाई आत्मनिर्भरको बाटो देखाउने फाउण्डेशनको उद्देश्य हो । फाउण्डेशनमा अहिले ६० जना सदस्य छन् । दुई लाख रुपैया“ बचत छ । फाउण्डेशनले गाउ“का विद्यालयको विद्यार्थीलाई सहयोग पु¥याइसकेको छ । ढिकुरपोखरी गाविसको अधिकारीडा“डास्थित परशु प्राविमा अध्ययनरत ७० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शिक्षकले दिएको होमवर्क गर्न कापीको अभाव झेल्दै आएका विद्यार्थीलाई २० दर्जन कापी र छ दर्जन कलम फाउण्डेशनले प्रदान गरिसकेको छ । नव आर्दश सामूदायिक विकास समाजले सुरुवात गरेको फुटबल एकेडेमीलाई १३ थान फुटबल हस्तान्तरण गर्दै खेलुकदलाई संगीतले बा“ध्ने काम भइसकेको छ ।

‘गीत संगीतबाट संकलित रकमलाई फाउण्डेशनमा जम्मा गरेर संगीत एकेडेमी सञ्चालन गर्ने लक्ष्य छ,’ उनले भने, ‘त्यसको लागि राष्ट्रिय लोकसंगीत प्रतियोगिता गर्ने सोच छ ।’ फाउण्डेशनले कलाकारको सम्मान र नया“ खेलाडीलाई प्रोत्साहन गर्दै आएको छ । असहाय बालबालिकालाई संगीत एकेडेमीमा ल्याई तालिम दिने योजना उनको छ । साथीभाइको हौसला र प्रेरणाले संगीतलाई खार्न तल्लीन थकाली २० गीत रेकर्ड गराई दुई वर्षभित्रमा एकल सा“झ गरेर आफ्नो लोकसांगीतिक कलालाई मूर्त रुप दिने योजना पूरा गर्न दिनरात खटिरहेका छन् । खेलकुदको पाटोलाई भने उनले छोडेका छैनन् । कास्की जिल्ला आर्चरी संघका अध्यक्षसमेत रहेका थकाली पोखरालाई खेलकुदको गन्तव्यस्थल बनाउने लक्ष्यमा उभिएका छन् । आर्चरीको एकेडेमी बनाउन राष्ट्रिय खेलकुद परिषदबाट ९० लाखको प्रोजेक्ट पारेका छन् ।

प्रोजेक्ट तयार भएपछि आर्चरीको दक्षिण एसियाली खेलुकद प्रतियोगिता गरेर खेलकुद क्षेत्रबाट विश्राम लिने सुरमा छन् । ‘सामाजिक सेवा मनभित्रबाट आउनुपर्छ । आर्थिक लाभमा घुस्रिएर सामाजिक सेवा हु“दैन । सेवाले मनलाई पुलकित बनाइदिन्छ । सामाजिक सेवा जुनसुकै क्षेत्रबाट समेत गर्न सकिन्छ । उमेरको हदबन्दी रह“दैन । मानवीय चाहनामा मात्रै सेवा भरपर्छ । परिचय बदलि“दैमा ठाउ“ परिवर्तन ह“ुदैमा सेवाको भाव मर्छ भन्ने हु“दैन्,’ उनको निष्कर्ष यही हो ।
(धन बस्नेतले पोखराबाट प्रकाशन हुने अविस्कार राष्टिय दैनिकलागी)

कमेन्टहरु
Loading...