उपनिर्वाचनः कास्की २ मा विद्या भट्टराईको नाम सिफारीस

पोखरा, ८ कात्तिक/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

बिहीबार र शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले भट्टराईको नाम मात्रै सर्वसहमतिमा सिफारिस गरेको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

फागुन १५ गते हेलिकोप्टर दुर्घटनामापरि अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपनिर्वाचन हुँदैछ ।

नेकपाबाट स्वर्गिय रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई सहित सोमनाथ अधिकारी प्यासी, राजकाजी गुरुङ, श्रीनाथ बराल, भीम कार्की लगाएतको नाम चर्चामा थियो ।

कमेन्टहरु
Loading...