पश्चिमाञ्चलमा महिला हिंसाका घटना वढ्यो, छ महिनामा २२ घटनामा ८९ जना पिडित

गिता रानामगर /पोखरा १० असोज /पछिल्लो छ महिनामा पश्चिमाञ्चल विकास क्षेत्रमा महिला हिंशाका घटनामा वृद्धि भएको छ । अघिल्लो वर्षको छ महिनाको तुलनामा यो वर्षको पछिल्लो छ महिनामा पश्चिमाञ्चल विकास क्षेत्रमा ३० वटा घटना मध्ये २२ वटा घटना बालवालिका तथा महिला सम्वन्धीका घटना रहेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बिहीबार नेपाल मानवअधिकार वर्ष पुस्तक २०१४ को अर्धवार्षिक समिक्षा कार्यक्रममा इन्सेकले यो वर्षको छ महिनामा मात्रै पश्चिमाञ्चल विकास क्षेत्रमा अघिल्लो वर्ष भन्दा वढी घटनाहरु घटेको जानकारी गराएको हो । Kaski Review photo. (1)अघिल्लो वर्षको छ महिनामा १९ वटा घटेको भएतापनि पछिल्लो छ महिनामा ३० वटा घटनामा १ सय १७ जना पिडित भएको इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेलले वताए । खकुरेलका अनुसार पछिल्लो छ महिनामा घटेका घटनमध्ये अधिकांश महिला हिंसा तथा बालवालिका सम्वन्धी रहेका छन । ३० घटनामा २२ घटना महिला तथा वालवालिका सम्बन्धि रहेका छन । पछिल्लो छ महिनामा पश्चिमाञ्चलमा महिला विरुद्ध हुने सवै प्रकारको भेदभाव तथा दुब्र्यवहारका १४ वटा घटना दर्ता भएका छन । जसमध्ये सवैभन्दा वढी ६ वटा घटना दता भएका छन । बलात्कार, बलात्कार प्रयास तथा यौन दुब्र्यवहारमा ३, बेचविखान तथा ओसारपोसारमा २, घरेलु हिंसा सम्वन्धी २ र परिवारजनबाट हत्या भएको १ घटना इन्सेकमा दर्ता भएको छ ।

त्यसैगरी ६ महिनाको दौरानमा बाल वालिका सम्वन्धी ८ वटा घटना दर्ता भएका छन । जसमध्ये बलात्कार प्रयास,बलात्कार र यौन दुब्र्यवहारमा ७ र १ जनालाई यातना सम्वन्धीको घटना दर्ता भएको छ । महिला तथा वालवालिका सम्वन्धी २२ वटा घटनामा ८९ जना पिडित भएको इन्सेकले जनाएको छ । त्यसैगरी पश्चिमाञ्चलमा धम्की तथा कुटपिटका ३ वटा घटनामा १५ जना पिडित भएका छनभने अभिब्यातिm, भेला हुने संगठित हुने अधिकार सम्वन्धी २ वटा घटनामा १३ जना पिडित भइका छन भने आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार हननका ३ वटा घटना इन्सेकमा दर्ता भएका छन ।

कमेन्टहरु
Loading...