पोखरामा आजदेखि अन्तर्राष्ट्रिय सिमसार सम्मेलन

पोखरा, २२ काक्तिक/पोखरामा आजदेखि अन्तर्राष्ट्रिय सिमसार सम्मेलन २०१२ आयोजना हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनमा १३ मुलुकका ८५ जना प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा ४० जना विदेशीविज्ञ सहभागी हुने वन तथा भूसंरक्षण मन्त्रालय सिमसार संरक्षण तथा सदुपयोग आयोजनाका सम्मेलन सहजकर्ता दीपेन्द्र जोशीले बताए ।

पोखरास्थित पाँचतारे फूलबारी रिसोर्टमा आज दिउँसो ४ बजे वन तथा भूरंक्षण मन्त्री यदुवंश झाले कार्यक्रमको उद्घाटन गर्ने छन् । सम्मेलनमा विभिन्न चार विधा ४० वटा कार्यपत्रहरु प्रस्तुत हुने जनाइएको छ । चार विधाहरुमा सिमसार तथा जैविक विविधता संरक्षण, सिमसार तथा जलवायु परिवर्तन, सिमसार तथा पारिस्थितिकीय प्रणाली ब्यवस्था र सिमसार तथा शासन लगायतका विषयहरु रहेको बताइएको छ ।

पोखरा तालैतालको सहर भएको हुँदा यसपटक पोखरामा सम्मेलनको आयोजना गरेको हो । त्यसै गरि सोही कार्यक्रममा पत्रकार कृष्णमणि बराल र भरत बन्दु थापाले सिमसार सम्बन्धी खिचेका २५ वटा फोटो पनि प्रर्दशनीमा राखिने छ ।

कमेन्टहरु
Loading...