एकीकृत माओवादीद्वारा गाऊँ समिति पुनर्गठन

पर्वत, ९ असोज/एकीकृत नेकपा (माओवादी) पर्वतले जिल्लाको पाखापानी गाबिसमा आफ्नो गाऊँ समितिको पूनर्गठन गरेको छ । मंगलबार पाखापानी गाबिसमा सम्पन्न भेलाले मेखबहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय गाऊँ समिति पुनर्गठन गरेको हो । समितिका सदस्यहरुमा सशिधर भण्डारी, रामबहादुर रेग्मी, जगन्नाथ पौडेल, नयनसिंह थापा, टोलप्रसाद अधिकारी, छबिलाल अधिकारी, डिलबहादुर क्षेत्री, डासीराम रेग्मी र टिकाराम पौडेल रहनुभएको छ ।

भेलाले टेकबहादुर खत्री र नयनसिंह थापालाई पार्टीको तर्फबाट गाबिसको सर्वदलीय संयन्त्रमा प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत गरेको छ । प्रशिक्षण दिदै एकीकृत माओवादीका नेता तथा क्षेत्र नं. २ का संयोजक कृष्ण पराजुली (परिवर्तन) ले जनताको संविधान निर्माणका लागि जनतामाझ जानुको बिकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो –‘हामी जनताको पक्षमा संविधान बनाएर विकास निर्माण र आर्थिक समृद्विको दिशामा अगाडि बढ्न चाहन्छौं, त्यसका लागि मंसीर ४ मा निर्वाचन सम्पन्न हुनैपर्छ ।’

कमेन्टहरु
Loading...