अमेरिका जाने हो, खुल्यो डिभी चिठ्ठा

पोखरा, ९ असोज/अमेरिकाले सन् २०१५ का लागि डाइभर्सिटी भिसा चिट्ठा डीभी खुला गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले आइतबार सूचना जारी गर्दै असोज १५ देखि डीभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो। दूतावासले डीभी चिट्ठाका लागि १६ कात्तिकको सम्ममा आवेदन दिन सकिने जनाएको छ । एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जनाउ दिँदै दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेको छ।

आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावास सुझाव रहेको छ । सहयोग चाहिएमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्दत लिन आग्रह गरेको छ । जसको मद्दत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनका लागि तपाईं स्वयं नै जिम्मेवार रहनुहुनेछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

चिट्ठा खुल्न महिना दिनअघिदेखि नै विभिन्न परामर्शदाताले अग्रिम डीभी भर्ने विज्ञापन गर्न थालेपछि दूतावासले त्यस्ता विज्ञापनको पछि नलाग्न भनेको छ । डीभी–२०१५ कार्यक्रममा डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने भन्दै दूतावासले विवाहितहरूले दर्ता गर्ने समयमा श्रीमान्–श्रीमती र २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रूपमा उल्लेख गरी फाराम भर्न सुझाब दिएको छ ।

एकभन्दा बढी आवेदन भरे चिट्ठा रद्द हुने भन्दै उसले फाराम भरिसकेपछि १५ जुन २०१५ सम्म कन्फर्मेसन लेटर सुरक्षित राख्न भनेको छ । डीभी परेरनपरेको आधिकारिक जानकारी सोही पत्रबाट मात्र हुने बताएको छ । ‘डीभी चिट्ठा परेका व्यक्ति कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्ने भन्दै दूतावासले सोबमोजिमको योग्यता नपुगेकाले भिसा नपाउने स्पष्ट गरेको छ । ‘अमेरिकी दूतावासले डब्लूडब्लूडब्लू डट डीभीलटरी डट स्टेट डट जीओभीमा गएर आफैंले फाराम भर्न सकिने जनाएको हो।

कमेन्टहरु
Loading...