लेखनाथ विभूतिमा जुनियर रेडक्रस सर्कल गठन

पोखरा, ८ असोज /पोखराको रामबजारमा अवस्थित लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा
जुनियर रेडक्रस सर्कल गठन भएको छ । सर्कलले मंगलवार नेपाल रेडक्रस सोसाइटी,
कास्की शाखामा आवद्धता पाएको छ ।सर्कलको अध्यक्षमा सागर राई, उपाध्यक्षमा श्रद्धा अधिकारी, सचिवमा नेहा कुमारी,
उपसचिवमा मञ्जु आले, कोषाध्यक्षमा प्रसिद्ध खड्का, सह–कोषाध्यक्षमा पूजा
राई रहेका छन् । यसैगरि सदस्यहरुमा मन्दीप के.सी., आविश्कार वाग्ले, मोनिका
गुरुङ, शोभा अधिकारी र अञ्जली राना रहेका छन् । सर्कलको संरक्षकमा रेखा
थापा कार्की, शिक्षक नायकमा राजीव वि.क., शिक्षक उपनायकमा बिमला बस्नेत रहेका
छन् ।
सो विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा ८ सम्म २ सय ८२ विद्यार्थीहरु अध्ययनरत
छन् भने सर्कलका सदस्यहरुको सङ्ख्या १ सय ५ रहेको छ । कास्कीमा १ सय ५२ वटा
जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

कमेन्टहरु
Loading...