पोखरा, ७ असोज/नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन पद्य नर्सिङ होम ईकाइ कमिटीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नर्सिङ होममा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेको छ । आइतबार आयोजित फलफुल विरतण कार्यक्रमको बरिष्ठ डाक्टर कुमार शम्शेर राणाले सिसियू वार्डमा भर्ना भएका दर्शन बिकलाई फलफुल प्रदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । फलफुल प्रदान गर्दै डाक्टर राणाले यूनियनले गरेको काम स्वागतयोग्य रहेको वताउदै आगामी दिनमा पनि यस्ता सामाजिक काममा अगाडी वढ्न आग्रह गरे ।
त्यस्तै बरिष्ठ मुटुरोग विशेषज्ञ तथा यूनियनका सल्लाहकार डाक्टर नारायण गौतमले आफ्नो वार्षिक उत्सवको कार्यक्रम विरामी संगै रहेर मनाउन पाएकोमा खुसी ब्यतm गर्दै यस्ता कार्यक्रमले बिरामीहरुमा थप उर्जा प्रदान हुने वताए । कार्यक्रममा वोल्दै पद्य नर्सिङ होमका सहायक प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले यूनियन संग सहकार्य गरेर आफुहरु अगाडी वढ्न तयार रहेको वताउदै यूनियनले गर्ने यस्ता सामाजिक कार्यमा प्रशासनको तर्फबाट पूर्ण साथ र सहयोग रहने वताए ।
कर्मचारी युनियनका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यूनियनका केन्द्रिय सदस्य सन्तोष अधिकारी, यूनियनका कोषाध्यक्ष नरेश पौडेल, सचिव कृष्ण आचार्य, सल्लाहकार लक्ष्मी कुवर लगायतले वोलेका थिए । फलफुल वितरण कार्यक्रममा नर्सिङ होममा भर्ना भएका ४० जना विरामीहरुलाई फलफुल वितरण गरिएको यूनियनले जनाएको छ ।