पोखराको न्युरोड दुर्घटना १ को मुत्यु ४ घाइते

पोखरा, १७ काक्तिक/पोखराको न्युरोडमा ग १ च ७९६० नम्बरको कारले ४ वटा मोटर साइकल, २ वटा कार र १ वटा स्कुटरमा ठक्कर दिदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएकी पोखरा १७ कि ४५ वर्षिय हिरा गुरुङ्गको उपचारका क्रममा ज्यान गएको छ । 

स्कुटर पछाडि सवर उनको पोखराको मेट्रो सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा परि पोखरा १७ विरौटा बस्ने वर्ष ३५ को युवराज मिश्र, पोखरा १७ बस्ने वर्ष २० कि सर्मिला पोखरेल, पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष २५ कि सरिता गुरुङ्ग र पोखरा १५ रामबजार बस्ने वर्ष ४७ का केशव थापा घाइते भएका छन् । उनिहरुको पोखराका मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ ।

उक्त कारले बा.२३.प. ६६४०, ग.५.प. ९००९, ग.५.प.५४१, ग.५.प ६९२६, ग.१.च. ८०१६, ग.१.च. ७२६७ नं. को कारलाई ठक्कर दिएको थियो । कार चालक कास्कीको लेखनाथ नगर पालिका ४ का कल्याण अधिकारी र कार जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा रहेको ।

कमेन्टहरु
Loading...