पोखराको माउण्ट अन्नपुर्ण राष्ट्रिय ह्याण्डवलको फाईनलमा

पोखरा, २ असोज/पोखराको माउण्ट अन्नपुर्ण उच्च मावि राजधानिमा संचालन भएको राष्ट्रिय ह्याण्डवलको फाईनलमा प्रबेस गरेको छ । पश्चिमाञ्चल क्षेत्रबाट सहभागी भएको छात्रा तर्फको माउन्ट अन्नपूर्णले आर्मीको खेल मैदानमा बुधबार भएको सेमिफाईनल खेलमा मध्यमाञ्चलको रिया स्कुललाई ९ को बिरुद्ध १४ गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा तय गरेको हो ।

अन्नपुर्णको जितमा समिक्षा पुनले सर्वाधिक ११ गोल गरीन । बिद्यालय ह्याण्डबल संघको आयोजनामा राजधानिमा संचालन भएको उक्त प्रतियोगितामा अन्नपुर्णले विहिबार सुदुरपश्चिमाञ्चलको उदयपुरसंग उपाधिको लागि फाईनल खेलमा प्रतिष्पर्धा गर्ने भएको काठमाण्डौबाट क्याप्टेन विर गुरुङले बताए ।

यस अघि लिगको खेलमा माउण्ट अन्नपुर्णले काठमाण्डौको मेरी गोल्ड स्कुललाई २ को बिरुद्ध २३ गोलको फराकिलो अन्तरले पाखा लगाएको थियो । गत भाद्र १४ गते गठित कास्की जिल्ला विद्यालय ह्याण्डबल संघले मंगलबार पश्चिमाञ्चलको टोलीलाई विदाई गरेको थियो ।

कमेन्टहरु
Loading...