फाइल तस्बिर
काठमाडौं, २७ असार / शुक्रबार बिहान यति एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।
बिहान यतिको जहाज चिप्लिए पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठप्प छ । विहान ११ बजेदेखि ठप्प भएको विमानस्थल अपरान्ह साढे साढे पाँच बजेसम्म पनि खुलेको छैन ।
धावनमार्गको दक्षिणतिरको घाँसे मैदानमा पुगेको जहाज त्यहाँबाट नहटाउँदासम्म उडान र अवतरण हुने छैन ।
विमानस्थल कार्यालयका अनुसार सुरक्षा निकाय तथा विमानस्थलकै जनशक्ति जहाज हटाउने काममा गरे पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । पानी निरन्तर परिरहेकाले उक्त जहाज झन् गाडिदै गएको छ ।
बिहानदेखि विमानस्थल बन्द हुँदा अहिलेसम्म सबै आन्तरिक उडान रोकिएका छन् । त्यस्तै एक दर्जन अन्तराष्ट्रिय उडान डाइभर्ट भएका छन् ।