युएईबाट मृगौला पिडित दिनेश गुरुङलाई सहयोग

स्याङ्गजा, २ असोज/स्याङ्गजा जिल्ला सिर्सेकोट गविस ६ का २५ बर्षिय मृगौला पिडित दिनेश गुरुङ्गलाई उपचार सहयोगार्थ स्याङ्गजा सहयोग समाज युएई र नेपाली जनप्रगतिशिल मञ्च युएईको विषेश पहलमा आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।विगत केही बर्ष पहिले युएइ स्थित जेबल अलिको फ्राइट सिस्टम लजिस्टिक कम्पनीमा कार्यरत उनिलाई स्वास्थ्य परिक्षण गराउदा उनको किड्नीमा समस्या भएको र दुइओटै किड्नी काम नलाग्ने थाहा भएपछि उनी नेपाल गइ पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन । आर्थिक कारणले अहिले सम्म उनको शल्यक्रिया हुन नसकेको र हप्तामा दुइपटक डाइलोसिस गर्नुपर्दा उनको उपचारमा आर्थिक समस्या परेको छ ।uae help

उनको उपचार सहयोगार्थ स्याङ्गजा सहयोग समाज युएई र नेपाली जनप्रगतिशिल मञ्च युएईले सहयोग संकलन गरेको थियो जसबाट स्याङ्गजा सहयोग समाज को तर्फबाट नेरु १४२८० र नेपाली जनप्रगतिशिल मञ्चको तर्फबाट नेरु ४२ हजार २ सय ५५ गरि जम्मा ५६ हजार ५ सय ३५ रुपैया उहालाई हस्तान्तरण गरिएको छ । भने सहयोग उत्थान मञ्च नेपालका पश्चिमाञ्चल इन्चार्ज दिपक विकको विषेश पहलमा उनको उपचार खर्चमा छुटको व्यबस्था पनि गरिएको छ ।

नेपालमा रहनुभएको स्याङ्गजा सहयोग समाज युएइका केन्द्रिय सदस्य तथा नेपाली जनप्रगतिशिल मञ्चका केन्द्रिय सदस्य मिलन गुरुङ र सहयोग उत्थान मञ्च नेपालका पश्चिमाञ्चल इन्चार्ज दिपक विक ले उहालाई हस्पिटलमा गई उहाकै हातमा सो रकम हस्तान्तरण गरेका थिए ।

कमेन्टहरु
Loading...