अखण्ड नेपाल पार्टी कास्कीको क्षेत्र नम्वर १ को अध्यक्षमा क्षेत्र बहादुर बुढाथोकी

पोखरा, १ भाद्र/अखण्ड नेपाल पार्टीले आफ्नो संगठन विस्तारको क्रममा मगलबार कास्कीको माझठाना गाबिस वडा नम्वर १ चउरेको सामुदायिक भबनमा गाउँ इकाई समितिको प्रथम अधिवेसन सम्पन्न गरेको छ । अधिवेशनले क्षेत्र बहादुर बुढाथोकिको अध्यक्षतामा ५ सदस्य पछि थप गर्न गरी १५ सदस्यीय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा लिल बहादुर थापा,सचिब सुर्य मोहन तिबारी, कोषाध्यक्ष तुलसी थापा रहनु भएको छ ।

त्यसैगरी समितीको अन्य सदस्यहरुमा बुद्धि सागर र्भुतेल,भिम बहादुर खत्री,जितबहादुर अधिकारी,श्री बहादुर क्षेत्रि,रुद्र नाथ तिबारी,मेघनाथ र्भुतेल, र सल्लाहकार मा प्रजापति र्भुतेललाई चयन गरिएको छ । प्रमुख आतिथी अखण्ड नेपाल पार्टीका केन्द्रीय सदस्य डिल्लीरमण न्यौपानेले पहिलो संविधान सभामा छनौट भएका दलका नेताहरुले व्यक्तीगत स्वार्थ, पार्टीगत खिचातानी र भ्रष्टाचारको विगविगी फैलाएको आरोप लगाउनु भयो । ’ यी ठुला दल भनाउदाले देश अनिर्णयको बन्दि बनाई विदेशी प्रभुको मुख ताक्ने, राष्ट्र र राष्ट्रियताको ख्यालै नगरी एक आपसमा लडाउने कार्य गरी आफ्नो स्वार्थ पुर्तीतर्फ उन्मुख भएको दाबि गर्नुभयो ।

कार्यक्रममा गण्डकी धौलागिरी अञ्चल समबन्य समितिका सदस्य मिन बहादुर केसी ,गणेस बहादुर केसी, अखण्ड नेपाल पार्टी कास्कीका जिल्ला उपाध्यक्ष एब्म क्षेत्र नम्वर १ का संयोजक अर्जुन बहादुर बस्नेत, क्षेत्र नम्वर १ का सचिब पे्रम बहादुर थापा,जिल्ला सहसचिब कृष्ण मोहन पौडेल,अखण्ड महिला मञ्चकी केन्द्रीय सदस्य गंगा केसि, क्षेत्रि समाज नेपालका लेखनाथ नगर समितिका नगर अध्यक्ष इन्द्र बहादुर थापा स्थानीय समाजसेबि शिब बहादुर अधिकारीले बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...