राजीनामा दिन भन्दा सरकार छाड्न तयार खिलराज

काठमाडौ, १ असोज /चुनावमा आउन बैद्य पक्षले अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने माग गरिरहेका बेला रेग्मीले भने राजीनामा नदिने बताएका छन् ।

Khilaraj_regmiएमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका प्रतिनिधिसँगको भेटमा रेग्मीले राजीनामा नदिने बताएका हुन् । उनले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष पदबाट बरु राजीनामा दिने तर प्रधानन्यायाधीशबाट राजीनामा नदिने बताएका हुन् । उनले राष्ट्रपतिलाई पनि प्रधानन्याधिस पदबाट राजिनामा नदिने बताएको स्रोतको भनाई छ ।

कमेन्टहरु
Loading...