महानगरका असन्तुष्ट वडाध्यक्षले च्याते योजनाको रातो किताब, आज तालाबन्दी गर्ने

पोखरा, १२ असार/ पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरिसकेको छ । महानगरपालिकाले ल्याएको बजेटप्रति केही वडाध्यक्षले असन्तुष्ट जनाउँदै महानगरपालिकाको योजनाको रातो किताब नै च्यातेर असन्तुष्ट व्यक्त गरेका हुन् ।

असन्तुष्ट वडाध्यक्षहरुले महानगरपालिकाकै मुख्य प्रवेशद्वारमै तालाबन्दी समेत गरिने चेतावनी दिएका छन् । तीन दिम्म चलेको नीति तथा कार्यक्रम एवं बजेटमाथि छलफलको क्रममा वडाध्यक्षहरुले बजेट समानुपातिक वितरण नभएको दावी गर्दै महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

‘बजेट निर्वाचनमुखी देखियो । हामीले हाम्रो योजनालाई समे्टदै समानुपातिक रुपमा योजना पारेर बजेट माग गरेका थियौं । तर त्यो देखिएन् ।’ महानगरपालिका–१० का वडाध्यक्ष राजकुमार गुरुङले भने–‘जुनसुकै वडाको विकास भएपनि महानगरपालिकाकै विकास हो । त्यसमा महानगरले ध्यान दिनुपर्छ । बजेटको सिलिङमा एउटालाई काखा र अर्कोलाई पाखा गर्न हुुदैन् ।’

महानगरपालिकाले योजनाको रातो किताब अध्ययन गर्ने केवल १ घण्टाको मात्रै दिएकोप्रति समेत वडाध्यक्षहरु आक्रोषित थिए । ‘एक घण्टामा योजनाको किताब पढेर कसरी प्रतिक्रिया दिन सकिन्छ ।’ उनले भने–‘पुर्वाधार लगायतका सामाजिक सुरक्षाका विषयहरु थिए । हतारमै पढेर प्रतिक्रिया दिनुपर्ने बाध्यता बनाईयो । जुन न्याय संगत थिएन् ।’

महानगरले योजनाहरुलाई ‘योजना बंैकको रुपमा रहेको भन्दै पन्छिएको समेत उनको भनाई थियो । ‘हामीले हाम्रो वडाको विकास गर्ने हो ।’ उनले थपे–‘योजना समेटिदेउ भन्दा बाउको सम्पति माग्न गएजस्तै गरे ।’ रातो किताब च्यात्ने काँग्रेसको तर्फबाट जित्ने वडाध्यक्षहरु थिए । उनीहरुले मेयरले आफनो अनुकुल र निर्वाचन मुखी बजेट उपलब्ध गराएको आरोप लगाएका थिए ।

वडाध्यक्ष गुरुङले वडाको बजेटको सिलिङ छुट्टाउन माग गरिएपनि सुनुवाई नभएको स्पष्ट पारे । महानगरपालिकाको योजना एउटा वडा एक पार्कको नीति छ । त्यो नीति अनुसार वडाले पार्कको लागि बजेट माग गरिएको बताउँदै उनले त्यो मागलाई महानगरपालिकाले सम्बोधन नगरेको गुनासो गरे ।

‘वडामा पार्क बनाउने नीति अनुसार रामघाट धार्मिक क्षेत्र विकास भित्र पाार्क बनाउने योजना पठायौं ।’ उनले भने–‘तर त्यो समेटिए अन्य वडालाई भने पार्क बनाउन ५० लाख रुपैयाँ छुट्टाईयो ।’ महानगरले आफनो भोट बैंक भएका वडाहरुलाई आफनो अनुकुलको बजेट उपलब्ध गराएको आरोप समेत लगाए । उनले बजेट २० र २३ वडालाई बढी बजेट दिए खासै फरक नपर्ने बताए ।

महागनरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले असन्तुष्ट राख्न पाईने भन्दै असन्तुष्ट व्यक्त गर्ने शैली प्रजातान्त्रिक नभएको जिकिर गरे । ‘ महानगरपालिकाले देखिने गरी काम गर्नुपर्छ भन्दै महत्वपूर्ण गौरवको योजना ल्याउनुस भनियो ।’ उनले भने–‘तर ठोस योजना नबनाई बजेट मात्रै दिएर देखिने गरी काम नहुदाँ प्रभावकारी रहदैन भन्ने मानसिकता रह्यो ।’ केही वडाध्यक्षले डल्लै बजेट राखिनुदिनुपर्ने र आफनो तरिकाले खर्च गर्न पाउनुपर्ने माग राखेको स्पष्ट पार्दै त्यस्तो प्रवृत्तिको अन्त्य गरी देखिने गरी काम गर्ने उद्देश्यमा प्रेरित भएको जिकिर गरे ।

असन्तुष्ट वडाध्यक्षहरुले आफुले भने जस्तो भएन भन्ने भनाई राखेको बताउँदै प्रवक्ता नेपालीले तीन दिनभित्रमा संशोधनको लागि लिखित माग गरिएको स्पष्ट पारे । ‘केही त्रुटि भए लिखित रुपमा ल्याउन माग नगरप्रमुखले गर्नुभएको छ ।’ उनले भने–‘मागलाई सम्बोधनको लागि लिखित आए संशोधन भएर आउँछ भनेर प्रतिबद्धता समेत गरिसक्नुभएको छ ।’

कमेन्टहरु
Loading...