श्रीमती पोइल गएपछि …………….

पेसावर, १ असोज/एक जना महिलाले श्रीमान छडि अर्कै सगँ जादा ४ जनाले ज्यान गुमानु परेको छ । पति छाडी एकजना २२ वर्षीया युवतीले अर्को श्रीमान् रोजेपछि कट्टर मुस्लिम समुदायकी उनले ज्यान गुमानु परेको छ । सोही कारणले उनलाई पोइल जान सहयोग गर्ने अरु तीनजना आफन्त महिला पनि ज्यान गुमाएका छन् । 

violence-against-womanमुस्लिम समुदायका कट्टरपन्थीहरुले नारीलाई पुरुषको नियन्त्रणबाट बाहिर गएमा परिवारको इज्जत फालेको निहूँ पारेर र धार्मिक रङ्ग दिई हत्या गर्ने र यसलाई आफूहरुको संस्कार नै रहेको अर्थ लगाउने गर्दछन्। पाकिस्तानको उत्तरपश्चिीमी एक गाउँमा यस्तो घटना भएको हो । उक्त गाउँकी एकजना महिलाको आफ्नो श्रीमान् छोडेर पोइल गएको आरोपमा महिलाको हत्या गरिएको हो । उनिहरुलाई आफ्नै परिवारले हत्या गरेका हुन् ।
पाकिस्तानको दारा आदाम खेल भन्ने जिल्लाकी एकजना २२ वर्षीय महिलाले श्रीमान् छोडेर अर्कै जिल्लाका एकजनासँग गएकी थिइन्।  सोही गल्तीमा आफ्नै परिवारका पुरुष सदस्यले २२ वर्षीया ती युवती र उनलाई सघाउने तीनजनालाई आइतबार हत्या गरेका थिए ।एजेन्सी सहयोगमा

कमेन्टहरु
Loading...