पोखरामा ढुंगामा कुदिएका कला प्रर्दशनी

सागर राज तिमिल्सिना
पोखरा, ३१ भाद्र/बडेमानका ढुंगा कुँदेर बनाईने कलालाई पोखरामा पनि प्रदर्शन गरिने भएको छ । कोमागाने पार्कमा संचालन गरिने प्रदर्शनीमा विदेशी सहित स्वदेशी कलाकारले ढुंगा कुँदेर बनाएका कलाकृतिलाई प्रदर्शन गर्नेछन् । पोखरा पर्यटन परिषद र उद्योग बाणिज्य संघको संयुक्त संयोजनमा संचालन गरिने खुला मुर्तिकला प्रदर्शनीमा १५ जना कलाकारले ठुला–ठुला ढुंगामा खोपेर बनाईएका कलाकृतिलाई दर्शकसमक्ष प्रत्यक्ष प्रदर्शन गर्नेछन् ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ तथा कार्यशाला संयोजक ओम खत्रीका अनुसार १५ दिने कार्यशालामा १५ जना कलाकारले १५ वटा ढुंगालाई विभिन्न कलामा ढाल्नेछन् । प्रदर्शनी असोज १ देखि १५ गतेसम्म संचालन हुनेछ । नेपाल सहित भारत, जापान, बेल्जियमका कलाकारले प्रदर्शनीमा भाग दिने उनले बताए । ‘पोखरामा पहिलो पटक यस्तो कार्यशाला संचालन गर्न लागेका हौ । यसले यहाँको पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास छ’ खत्रीले भने, ‘बडेमानका ढुंगालाई विभिन्न आकृतिमा ढाल्दै आकर्षक रुपमा पस्तुत गरेर खुला आकाशमुनि राखिनेछ । हामीले दर्शकलाई कला प्रदर्शनी प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाउँछौ ।’murti kala

‘पोखरा आएका विदेशी पर्यटक ठुलाठुला ढुंगामा बनाईएका कलासामग्री अवलोकन गर्न पाउँदा पक्कै पनि खुशी हुनेछन्’ स्थानीय संयोजक सुर्यबहादुर भुजेलले भने, ‘यसले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्नेछ ।’ भुजेलका अनुसार यस्तो प्रदर्शनीले कला र संस्कृति आदानप्रदान गर्न सघाउनेछ । विदेशी र स्वदेशी कलाकारले एकैठाउँमा बसेर कलासामग्री बनाउने भएकोले पनि एकअर्कामा संस्कार आदानप्रदान गर्न सघाउँने उनले बताए ।

कलाकारहरु यसरी आयोजना गरिने प्रदर्शनी निकै नै मुल्यबान हुने बताउँछन् । ‘यस्तो कला मुल्यमा हँुदैन । संस्कार आदानप्रदान पैसामा गनिदैन’ श्रृजना कलेज अफ फाईन आर्टसका सहायक प्रिन्सिपल लक्ष्मण भुजेलले भने, ‘यस्ता प्रदर्शनीमार्फत आफ्नो देशका कला संस्कृति बचाउन सकिन्छ । यसले कलाको विकास समेत गराउँछ ।’

भुजेलका अनुसार कलाकारले आफुलाई रुची लागेको कुनै पनि विषमा आधारित रहेर ढुंगामा आकृति बनाउनेछन् । ‘ठुला ढुंगालाई कलामा ढाल्नु चानचुने कुरा होईन । यसका लागि धेरै मेहनत गर्नुपर्छ’ उनले भने । आकृतिमा ढालिएका ढुंगालाई आवश्यक संरचना बनाएर भविश्यका लागि प्रदर्शनीमा राख्न सकिने आयोजनकको भनाई छ । भविश्यमा पर्यटकका लागि घुम्नेस्थलका रुपमा यस्ता स्थललाई प्रयोग गर्न सकिने उनले बताए । कलाकारहरुका अनुसार यसअघि यस्तै कार्यशाला मकवानपुरको हर्नामाढिमा आयोजना गरिएको थियो ।  तस्वीर पोखराको नभै हेटौडाको हो

कमेन्टहरु
Loading...