नेकपा–माओवादीको बन्दले पोखरा सहित पश्चिमाञ्चल ठप्प

पोखरा, ३१ भदौ /बन्द विरुद्ध जनआवाज बाक्लिँदै जाँदा पनि राजनीतिक दलहरुले बन्द गर्न भने

छोडेका छैनन् । यसैको एउटा निरन्तरता स्वरुप सोमबार पश्चिमाञ्चल र
मध्यपश्चिमाञ्चल बन्द भयो । केहि राजनीतिक दलको निहित स्वार्थका लागि भएको
बन्दमा कुनै अप्रिय घटना नघटेपनि सर्वसाधारणहरु भने प्रताडित बने ।

पोखरामा दिनभर कुनै सार्वजनिक सवारीहरु चलेनन् । छोटो गन्तब्यमा
पुग्नुपर्नेहरु हिँडेरै भएपनि हिडिँरहेका थिए । बालबालिकाहरुका लागि भने बन्द
केहि रमाईलो बन्यो । सडकमै स्केटिङ, क्रिकेट अनि फुटबलको मज्जा लिन
पाएपछि उनीहरु सँधैको बन्दमा रमाउने नै गर्छन् । यद्यपी सबै विद्यालय समेत बन्द
हुँदा विद्यार्थीहरुको पढाईमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।banda

सवारी साधनसंगै सम्पुर्ण कलकारखाना र पसलहरु पनि बन्द भएपछि एकै दिनमा
करोडौँको क्षती हुने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर
कोईराला बताउँछन् । बन्दकै कारण अर्थतन्त्रमा ठुलो घाटा हुने उनको भनाई
छ । यद्यपी आफ्नो माग पुरा गराउने भन्दै हुने बन्दकर्ताहरु भने यस्ता कुराको
कुनै वास्ता गर्ने गरेका छैनन् ।

पोखराको सडकमा बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्केर बन्द गराउँदै हिँडेका
थिए । दिनभरजसो पोखराका बिभिन्न चोकहरुमा बन्दकर्ताहरु खटिएका थिए ।
सुरक्षाकर्मीहरु पनि बाक्लो मात्रामा परिचालन भएका थिए । पर्यटकिय नगरीमा
बन्दको सबैभन्दा बढी मार पर्यटकले खेप्नु प¥यो ।

उता कास्कीको लेखनाथमा बन्द गराउदै हिड्ने नेकपा– माओबादीका ५ जना
कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेखनाथको तालचोकमा सवारी
संचालनमा अवरोध गर्ने क्षेत्रिय सेक्रेटरी गोकुल पराजुली, नगर सेक्रेटरी
किसानसिंह गुरुङ, जिल्ला सदस्य हरि दुवाडी र गंगा परियार पक्राउ परेका हुन् ।
उनीहरुलाई डाँडाको नाक प्रहरी चौकीमा राखेको थियो । उनीहरुलाई केहि
समय राखेपछि प्रहरीले छोडेको थियो । बन्द साँझ पाँच बजेपछि खुलेको
थियो । तस्वीर ः सुर्दशन रञ्जीत

कमेन्टहरु
Loading...