पोखरा, ४ असार /कास्की प्रहरीले पोखराबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।
पोखरा ८ सुन्दरमार्ग स्थित नवराज थपलियाले सञ्चालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ६ लाख ६५ हजार ३ सय ५५ नगद, तास र कौडा बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जुवातास मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरी प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।