पोखरा, २९ जेठ/पोखरामा ७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ ।
स्याङजा घर भई हाल पोखरा ७ मासबारमा बस्ने निर्मला पौडेलको साढे तीन बर्षिय छोराको मृत्यु भएको उनका आफ्न्त मनोज अधिकारीले जानकारी दिए ।
छिमेकीको दिपक रेग्मीको बन्दै गरको घरमा लापरबाही रुपमा छाड्दा बच्चा पानी ट्याङकीमा खसेर मृत्यु हुन पुुगेको प्रहरीले जानकारी दिएको छ ।
दुई जना बच्चा खेल्दै छिमेकीको घरमा पुगेको र भ¥याङ मुनी बनाएको पानी ट्याङकी खुल्ला हुदाँ बच्चा खस्न पुगेको स्थानीयले बताएका छन् ।सो घर लामोसमय देखी खुल्ला रहदै आएको उनीहरुको भनाई छ ।
बच्चालाई पानी ट्याङकीबाट झिकेर पोखराको मेट्रो सिटि अस्पताल लैजादै गर्दा बाटोमानै निधन भएको प्रहरीको भनाई छ । अहिले आफ्न्तमा रुवाबासी चलेको छ ।