बुद्धको गलत समाचार विरुद्ध ¥याली

भदौ २९,पोखरा/भारतीय सञ्चारमाध्यमहरुले गरेको गौतम बुद्धको गलत प्रचार विरुद्ध शनिवार पोखरामा ने.वि.संघ कास्कीको आयोजनामा संयुक्त ¥याली निकालीएको छ । गौतम बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन,झुटको खेती अन्त्य गर,साँचो कहिल्यै लुक्दैन जस्ता होडीङ बोर्ड र राष्ट्रिय झण्डा सहित निकालीएको उक्त ¥याली पृथ्वीचोकबाट सुरु भई महेन्द्रपुल हुँदै वि.पी. चोकमा पुगेर कोणसभामा परिणत भई समापन भएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्दै ने.वि.संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले वि.पी.लाई सम्झदै राष्ट्रियता भनेको भावना भएको र राष्ट्रियताको बिषयमा कसैसँग सम्झौता नगरीने र नेपाली कांगे्रसले अहिले सम्म सम्झौता नगरेको र यदी भावी दिनमा नेपाली कांगे्रसले सम्झौता गरे आफु पार्टी छोडन तयार रहेको तर राष्ट्रियता त्याग्न तयार नभएको बताए । उनले बुद्धको गलत प्रचार तत्काल अन्त्य गर्न सरकारले पहल नगरे आफुहरुले आन्दोलनको आँधीबेरी नै ल्याइदिने चेतावनी दिए ।

लियो क्लब अफ पोखरा फिस्टेल सिटीका सल्लाहाकार तथा कार्यक्रम संयोजक खुसीराम बरालले सरकारले बुद्धप्रती देखाएको उदासीनताको विरोध गर्दै नेपाललाई विश्वभरीका पर्यटकको गन्तव्य बनाउने भनेर चर्को नारा लगाउने नेताहरु अहिले कानमा तेल हालेर बसेको आरोप लगाए । बुद्धको जन्मस्थल भनेर बर्षेर्नी लाखौ पर्यटक नेपाल आइरहेको अवस्थामा भएको गलत प्रचार अन्त्य गर्न तत्काल पहल नगरे नेपाली र राष्ट्रियता माथी ठुलो क्षती हुने बताए । उक्त्त कोणसभामा विकासका लागी युवा नेतृत्वका अध्यक्ष सन्तोष बास्तोला,जमुना गुरुङ,रञ्जु पौडेल,पवित्रा शर्मा लगायतले बुद्धको बारेमा चर्चा गर्दै तत्काल भ्रामक समाचार बन्द गर्न सरकारले पहल गनुपर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...