सरिता गिरीलाई देश निकालाको माग

पोखरा २९ भदौ । गौतम बुद्धको बारेमा सामाजिक सञ्जालमार्फत बिवादास्पद अभिब्यक्ति दिएकी नेपाल सद्भाबना पार्टीकी अध्यक्ष सरिता गिरीको चर्को आलोचना भएको छ ।ट्विटरमार्फत बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगया भारतमा पर्ने भएकाले बुद्धलाई नेपाल र भारत दुबैले बाड्न सकिने धारण सार्बजनिक गरेपछि सामाजिक सञ्जालमार्फत उनलाई देश निकाला गर्न समेत माग आएको छ ।

saritaउनको अभिब्यक्तिबाट आक्रोसित युवाहरुको समुहले आज मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका छन् । बुद्धको बारेमा भारले गलत प्रचार गरिरहेको बेला नेपालकै जिम्मेवार नेतृबाट आएको अभिब्यक्ति प्रति सरकारको धारण सार्बजनिक गर्न उनिहरुले माग गरेका छन् । शुक्रबार ट्विटरमा सार्बजनिक भएको उनिको धारण पछि शनिबार दिनभर समाजिक सञ्जाल उनको आलोचनाका प्रतिक्रियाहरुलेले भरिएका थिए ।

नेपालको कुनैपनि राजनितिक दलबाट आएको यो नै सबैभन्दा बिबादास्पद अभिब्यक्ति हो । गिरीले आफ्नो ट्वीटरमा लेखेकी छन् । ‘गौतम बुद्धले मधेसको बोधगयामा बोधत्व प्राप्त गरेका थिए, जुन अहिले विहार, भारतमा पर्छ । बुद्धलाई भारत र नेपाल दुबैले शेयर गर्नु पर्छ ।’

कमेन्टहरु
Loading...