कारितासको सहयोगमा पोखरामा १९ मा बाली उपचार शिबिर

पोखरा, ४ जेठ/कारितास नेपाल फिल्ड कार्यालयको सहयोगमा तथा प्राकृतिक श्रोत ब्यबस्थापन कृषी कलेजको ब्यबस्थापनमा पोखरा महानगरपालिका वडा नम्बर १९ को कलेको प्राङ्गणमा बाली उपचार शिबिर सम्पन्न भएको छ ।

नेपाल जिविको पार्जन तथा उत्थानशीलता परियोजना (एनएलपिआर) अन्तरगत आइपिएम कार्यक्रमबाट बाली उपचार शिविर सञ्चालन भएको हो ।

कारितासको सहयोगमा पोखरामा १९ मा बाली उपचार शिबिर
कारितासको सहयोगमा पोखरामा १९ मा बाली उपचार शिबिर

बाली संरक्षण प्रयोगशाला गण्डकीका बाली संरक्ष्ण अधिकृत प्लान्ट डा सन्जिब बाँस्तोला सहजर्कता कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्य, हिममाया भण्डारी, बबिता गुरुङ तथा प्राकृतिक श्रोत ब्यबस्थापन कृषी कलेज विद्यार्थीहरुले कृषकहरुलाई सहजीकरण गरेका थिए ।

शिबिरमा ६५ वटा नमुना परिक्षण भएको थिए । शिबिरमा काक्रा, जुकेनी फर्सी, टमाटर, सुन्तला, लौका, केरा, कागती, कफी, पिडाल, मकै, साग, धिरौला, करेला, बन्दा, भिण्डी लगाएतका बालीमा लागेको रोग र रोगथामको बारेमा कृषकहरुलाई सहजीकरण गरेका कारीतस नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् ।

उनले किसानलाई तरकारी बाली, फलफुल र अन्न भण्डारमा देखिएका समस्या समाधानका उपाएका बारेमा जाकारी दिएको बताइन् । स्थानीय प्राकृतिक श्रोत ब्यबस्थापन कृषी कलेजका बिद्यार्थीहरुले शिबिरमा आफुहरुले धेरै कुरा सिक्ने अबसर पाएको बताएका थिए । कृषकहरुले शिविर नियमित रुपमा संचालन गर्नु पर्ने माग राखेका थिए ।

कमेन्टहरु
Loading...