लेखनाथ उद्योग बाणिज्यसंघको नबौ अधिबेशन, चुनावका लागी चर्का चर्की

गोकुल बानियाँ÷ पोखरा २८ भदौ । नया नेतृत्व चयनको लागि लेखनाथ उद्योग बाणिज्यसंघको नबौ अधिबेशन तथा १७ औं साधारणसभा सुरु भएको छ । साधारणसभाको उर्जा मन्त्रालयका सचिब बिश्वप्रकाश पण्डितले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै पण्डितले लेखनाथलाई पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्न ब्यबस्थित शहर निर्माणमा जोड दिएका छन् । लेखनाथको समग्र पर्यटकिय बिकासको लागि निजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले लेखनाथको गुरुयोजना बनाई अघि बढ्न सुझाब दिएका छन् ।नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मीले लेखनाथको पर्यटकिय बिकासमा ब्यबशायीको सक्रियताको खाचो रहेको बताए । पर्यटकिय क्षेत्रहरुको पहिचान र संरक्षणको लागि नेतृत्वदायी भूमिका खेल्न उनले लेखनाथ उद्योग बाणिज्य संघलाई आग्रह गरेका छन् । संघमा नया नेतृत्वको लागि भोलि बिहान ८ देखि दिउसो २ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । संघको अध्यक्षमा बर्तमान कार्यसमितिका महासचिब बाबुराम गिरी र सल्लाहकार एल के शर्मा बिच प्रतिश्पर्धा हुदैछ । १० खुल्ला सदस्य पदको लागि ९ जना पुरानो र आठ नया अनुहार गरी १७ जना चुनाबी मैदानमा रहेका छन् ।lcci

बर्तमान अध्यक्ष सुमन भट्टराईले दोस्रो कार्यकालको लागि दाबि नगरेपछि गिरी र शर्माबिच प्रतिश्पर्धा हुन लागेको हो । गिरीलाई भट्टराईको समर्थन रहेको भएपनि पूर्ब अध्यक्षहरु चतुराखर अधिकारी र चन्द्र कृष्ण कर्माचार्य तटस्थ जस्तै देखिएका छन् अर्का पूर्ब अध्यक्ष बाबुराम जमरकट्टेल शर्माको पक्षमा उभिएका छन् । निर्बाचनमा करिब ८ सय ५० मत खस्ने अनुमान गरिएको छ । गिरी र शर्मा दुबैले जितको दाबि गरेका छन् ।

यसअघि निर्बाचन प्रचारप्रसारको लागि भएको घरदैलोमा उम्मेदवारी दिएका मध्य अधिकांश गिरीको पक्षमा लभिङ गर्दै हिडेका थिए । स्रोतका अनुसार शर्मा भन्दा गिरीको पल्ला भरी छ । निर्बाचनमा खस्ने कुल मत मध्य ४ सय ८२ आफ्नो पक्षमा आउने शर्माको दाबि छ भने गिरी पक्षले कुल ८ सय ८७ मध्य न्युनतम ५ सय मत ल्याउने दाबि गरेका छन् ।

कमेन्टहरु
Loading...