लायन्सद्धारा उत्प्रेम जोजिजू सहित अन्य व्यक्ति सम्मानित

पोखरा, २६ भाद्र /दुई बर्षको उमेरमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा बिभिन्न तीन वटा वल्र्ड रेकर्ड राख्ने वालप्रतिभा उत्प्रेम जोजिजू सम्मानित भएका छन । लायन्स क्लब अफ् पोखरा सुन्दरनगरीको दोश्रो पदस्थापना कार्यक्रमको अवसरमा मंगलबार पोखरामा जोजिजू सहित अन्य व्यक्तिहरु सम्मानित भएका हुन ।

कार्यक्रमका मल्टीपल काउनसील चियरपर्सन दिपक श्रेष्ठ, क्लबका अध्यक्ष थिरबहादुर थापाले जोजिजू सहित अन्य व्यक्तिहरुलाई सम्मानपत्रको साथमा फुलमाला लगायर सम्मान गरेका हुन । उत्प्रेमले एभरेष्ट वल्र्ड रेकडर्स सन् २०१२, ओण्डर्स रेकडर्स होल्डरर्स सन् २०१२ र युनिक वल्र्ड रेकडर्स सन् २०१२ मा विश्वकै सवै भन्दा कान्छो ड्रमरको रुपमा विश्वकिर्तीमानि प्रमाण प्रत्र पाएका थिए । गिनिज बुक अफ दी वल्र्ड रेकडमा जोजिजूको नाम लेखाउन अन्तिम चरणमा पुगेको उनका बाबु विनित जोजिजूले बताए ।uparim

लायन्स क्लवमा आबद्ध भएका सदस्यका छोराछोरीलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत संगीत क्षेत्रमा विश्व रेकर्ड कायम गर्न सफल भएको भन्दै जोजिजूलाई सम्मान गरीएको क्लवले जनाएको छ । यसै गरी यस बर्षको प्रबेसीका परिक्षामा उत्रिर्ण भएका आयुष न्यौपाने, श्रृष्टी थापा र रोसन ज्ञावाली सम्मानित भएका छन । लायन्समा आबद्ध भएका अन्य २४ जनालाई समेत सम्मान गरीएको सचिव महेश पौडेलले बताए । कार्यक्रममा डिष्ट्रिक गर्भनर एमजेएफ लायन युक्तप्रसाद श्रेष्ठले पदस्थापना गराएका थिए ।

कार्यक्रममा पुर्व मल्टीपल काउन्सील चेयरपर्सन लायन प्रेमबहादुर श्रेष्ठ, मदर क्लवका संस्थापक अध्यक्ष लायन दिनवन्धु पौडेल, रिजन चियर पर्सन दुर्गा ढकाल, सचिव महेश पौडेल, कोषाध्यक्ष दिपक शर्मा, फष्ट भाईस गर्भनर भुगोल शेरचन, सेकेण्ड भिडिजी धुर्वबहादुर थापा स्मारीक प्रकाशन संयोजक लायन लीलाधर न्यौपाने, सदस्य तोयानाथ अधिकारी, तारानाथ लम्साल, लगायतले बोलेका थिए । उक्त अवसरमा क्लबका संगीत संयोजक गायक लायन विनित जोजिजूले गायन प्रस्तुत गरेका थिए भने नृत्य प्रहर्शन भएको थियो ।

कमेन्टहरु
Loading...