महायज्ञको प्रचार प्रसारगर्दै मोटरसाइकल ¥याली

पोखरा, २६ भदौ/पोखरा – ७ मासबार स्थित श्रीकृष्ण माविमा आयोजना गर्न लागिएको श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको प्रचार प्रसारगर्दै पोखरामा बुधबार मोटरसाइकल ¥याली निकालिएको छ । विद्यालय परिषरबाट शुरु भएको मोटरसाइकल ¥याली पोखराका विभिन्न स्थानहरुको परीक्रमापछि पुनः विद्यालय परिषरमा नै पुगेर समापन भएको महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिए। ¥यालीमा झण्डै दुई सय मोटरसाइकलको सहभागिता रहेको थियो।

¥याली समापन कार्यक्रममा बोल्दै महायज्ञ मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष तेजनारायण अधिकारी र मोटरसाइकल ¥याली संयोजक जनक पराजुलीले महायज्ञमा सहभागि भई सफल बनाउन सवैलाई आग्रह गरे। उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको महायज्ञ विहीबारदेखि शुरु हुदैछ ।krishna

महायज्ञको उद्घाटनपुर्व विहीबार शोभायात्रा र कलश यात्रा पनि गरिने छ । शोभायात्रा र कलश यात्राले पोखरा – ७ का मुख्य स्थान र छिमेकी वडाका केहि स्थानको परीक्रमा गर्ने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डण्डराज पौडेलले जानकारी दिए । महायज्ञबाट तीन करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। महायज्ञ सम्पन्न गर्न झण्डै तीस लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। महायज्ञमा प्रमुख वाचक युवा पण्डित कमलनयन गौतम रहने छन्।

कमेन्टहरु
Loading...