डागर स्मृति पुरस्कारबाट प्रहरी निरिक्षक चन्द्रा गुरुङ पुरस्कृत

रेम बिक/पोखरा, २५ भदौ/महिला तथा बालबालिकाको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै डागर स्मृति प्रतिष्ठानले प्रहरी निरिक्षक चन्द्रा गुरुङलाई पुरस्कृत गरेको छ । स्वर्गीय राजन प्राशन (डागर)को १२ औँ पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उनलाई नगद पाँच हजार १ र सम्मानपत्रसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी निरिक्षक गुरुङ हाल जिल्ला प्रहरी कार्यालको बालबालिका तथा महिला सेलको प्रमुख हुन् ।

chandraगुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डिआईजी सुरेन्द्रबहादुर शाहले नगद र सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका थिए । पुरस्कार प्रदान गर्दै शाहले बालबालिका र महिलाको क्षेत्रमा प्रहरीले पु¥याएको योगदानको कदर भएको भन्दै प्रतिष्ठानलाई धन्यबाद ज्ञापन गरे । उनले सामाजिक संघसंस्थाको समेत मन जित्ने गरि आफ्नो कार्यसम्पादन गरेको भन्दै पुरस्कृत व्यक्तित्व गुरुङलाई शुभकामना दिए ।

पुरस्कृत भैसकेपछि आफुलाई काम गर्ने अझै बढि हौसला प्राप्त भएको पुरस्कृत चन्द्रा गुरुङले प्रतिक्रिया दिईन् । सामाजिक उत्तरदायित्वको क्षेत्रमा डागर स्मृति प्रतिष्ठानले निकै ठुलो योगदान दिएको भन्दै उनले आफुले पाएको पुरस्कार रकममा थप पाँच हजार ५ सय ५५ रुपैँया थपेर प्रतिष्ठानलाई सहयोग प्रदान गरिन् । महिला र बालबालिकाको क्षेत्रमा आगामी दिनमा पनि आफुले सकेसम्मको कार्य गर्ने उनले प्रतिबद्धता जनाईन् ।

प्रतिष्ठानकी अध्यक्ष रमा प्राशरले एउटी सबल अनि उदाहरणीय महिलालाई सम्मान सहित पुरस्कृत गर्न पाउँदा आफुलाई निकै खुशी लागेको बताईन् । उनले स्वर्गीय पति राजन प्राशर र आफुप्रति पोखराले दिएको मायाकै कारण आफु अहिले सम्म पोखरामा रहेको स्पष्ट पारिन् । उनले आगामी दिनमा पनि प्रतिष्ठानले समाजमा विशेष भुमिमा रहेका व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने जानकारी दिईन् ।

कार्यक्रममा साहित्यकार सरुभक्त, तमु धीं नेपालका अध्यक्ष कर्मा तमु, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख केदार रिजाल, पुर्व डेपुटी मेयर तथा पुरस्कृत व्यक्तित्वका ससुरा क्याप्टेन मानबहादुर गुरुङ, कलम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पेमबहादुर श्रेष्ठ, पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष जगदीश गौतम, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सरस्वती प्रतिक्षा लगाएतले पुरस्कृत व्यक्तित्वलाई शुभकामना संगै रमा प्राशरले आफ्नो पतिको नाममा प्रतिष्ठान गठन गरेर समाजका व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको कार्यलाई प्रशंसा गरेका थिए ।

कमेन्टहरु
Loading...