कास्कीमा करेण्ट लागेर र भिरबाट लडेर ३ जना घाईते

पोखरा, २० चैत/कास्कीको माछापुछ्रे गाउँपालिका ७ फेदि स्थित बिजुलीको हाईटेन्सन लाईन मुनिबाट घाँस काट्न जादै करेण्ट लागेर एक जना घाइते भएकी छन् ।

शान्तिटोल बस्ने अन्दाजी ४५ वर्षकी कृष्ण मायाँ भण्डारी र निजकी छोरी अन्दाजी १३ वर्षकी एलिना भण्डारीलाई अचानक करेन्ट लागि अचेत भएका थिए ।

उनीहरुको पोखरा फिस्टेल अस्पतालमा पठाईएकोमा थप उपचारको लागि काठमान्डौ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसे गरी पोखरा महानगरपालिका १५ टुटुङगा स्थित बसपार्कको भीरबाट खस्दा सोहि स्थानका वर्ष ४० को सोम बहादुर बिक घाईते भएका छन् ।

उनको पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...