बारा र पर्सामा हावाहुरीका कारण २५ जनाको मृत्यु, ४ सय बढी घाइते

बारा, १८ चैत /आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

साँझ साढे सात बजे आएको हावाहुरीका कारण करिब चार सय जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । क्षति धेरै भएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।

घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको कलैया, वीरगञ्ज अस्पतालका साथै नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किएका, घरका छाना उडेका र रूखहरू लडेका उनले बताए । हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ ।

कमेन्टहरु
Loading...