खेलकुद पत्रकार मञ्च कास्कीलाई आर्थिक सहयोग

पोखरा, २३ भाद्र/बाटुलेचौर तीज मेला आयोजक समितिले नेपाल खेलकुद पत्रकार मञ्च कास्कीलाई आर्थिक सहयोग गरेको छ । तीज मेला समापन पूर्व मेलाका सहयोगी माधव थापाले मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेलाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । त्यसअघि आयोजक र मञ्चविच खेलिएको मैत्रिपूर्ण फुटवलमा मञ्चको टोली ४–३ गोलले विजयी भएको थियो ।sahayog grahan

मञ्चको जितमा सुरेनकुमार सुसिलले २ तथा विनोद लामिछाने र लोकेन ढकालले एक एक गोल गरे । आयोजक समितिको तर्फबाट टंक अधिकारीले २ तथा मनिष गुरुङ्गले १ गोल गरेका थिए । पहिलो हाफको खेलमा मञ्चले २–० को अग्रता लिएको थियो तर दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजका टंकले दुवैगोल फर्काएका थिए ।

लोकेनको गोलमा मञ्चल अग्रता लिएपनि मनिषले बराबरि गोल फर्काएका थिए । खेल सकिन चार मिनेट बाकि रहँदा मञ्चका अध्यक्ष लामिछानेले निर्णायक गोल गरे । उनले झण्डै मैदानको विच भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । आयोजक समितिले मञ्चका खेलाडीहरु सुरज श्रेष्ठ, सुदिप गुरुङ्ग, प्रेमनारायण न्यौपाने, क्रृषि पौडेल, उमेश पौडेल, सन्देश श्रेष्ठ लगाएतलाई खादा अविर लगाई सम्मान समेत गरेको थियो ।

कमेन्टहरु
Loading...