साफमा नेपालको प्रतिद्धन्दी अफगानिस्तान

सेमीफाइनलको खेल आइतबार

पोखरा, २१ भाद्र/काठमाडौमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले अफगानिस्तान प्रतिद्धन्दी पाएको छ । आज भएको खेलमा अफगानिस्तानसँग गोलरहित बराबरी खेलेको माल्दिभ्स ७ अंकका साथ समूह बीको विजेता बनेको छ । समान अंक जोडको अफगानिस्तान गोल अन्तरमा पछि पार्दै समूह उपविजेता बनेको छ । भारतलाई पराजित गरेको नेपाल समूह एको विजेता हो भने भारत समूह उपविजेताका रूपमा अन्तिम चारमा पुगेको छ ।

saffनेपाल र अफगानिस्तानबीचको खेल आइतबार साढे ६ बजे दशरथ रंगशालामा हुनेछ । यो पटक घरेलु टोलीलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । उत्कृष्ट र्फममा रहेको नेपाली टोली अफगानिस्तानविरुद्ध जित हात पार्दै पहिलो पटक फाइनलमा प्रवेश गर्ने दाउमा छ ।

अफगानिस्तान र नेपाल अहिलेसम्म ५ पटक भिडेका छन् । जसमध्ये ३ खेल नेपालले जितेको छ भने एक खेल अफगानिस्तानको पक्षमा गएको छ । एक खेल बराबरीमा सकिएको थियो ।तर, पछिल्लो पटक २ वर्षअघि दिल्लीमा भएको भेटमा नेपाल अफगानिस्तानसँग १(० गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो ।

डिफेन्डिङ च्याम्पियन भारतले भने सेमिफाइनलमा माल्दिभ्सको सामना गर्नेछ । अघिल्लो संस्करणको फाइनलमा पुग्ने क्रममा भारतले माल्दिभ्सलाई ३(१ ले पराजित गरेको थियो । नेपालको खेल हेरे पछि नेपाली दर्शकहरु निकै उत्साही छन् । नेपालले विजयी भएको हर्न अहिले नेपालीले चाहेका छन् ।

कमेन्टहरु
Loading...