काठमाडौं, १८ फागुन/पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।
उनी अर्थमन्त्री हुदाँ बृद्धबृद्धालाई भत्ताको शुरुवात गरेका थिए ।