लामाचौर तीज महोत्सवको तयारी अन्तीम चरणमा

पोखरा, १९ भाद्र/हरितालिका तीज पर्वको अवसर पारि नव आदर्श सामुदायिक विकास समाज लामाचौरले तीजे महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ । बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरि तयारी अन्तिम चरणमा पुगेका समाजका अध्यष बुद्धि खत्रीले जानकारी दिए । संस्थाको १७ औँ बार्षिकोत्सव तथा हरितालिका तीज महोत्सव भाद्र २१ देखि २३ गते सम्म सन्चालन हुदैछ ।
“मौलिक सस्कृतिको जर्गेना गरौ ” भन्ने उद्घोषका साथ स्थापना कालदेखीनै तीजको अवसरमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ । महोत्सवलाई थप आर्कषक बनाउनको लागि बाल उद्यान, विभिन्न ब्यवसायीक होटलको लागि १० वटा तथा बस्तु प्रवर्दनका लागि २० वटा स्टलको ब्यवस्थापन गरिएको प्रचार प्रसार संयोजक सञ्जय कुमार अधिकारीले जानकारी दिए ।
राष्ट्रिय महिला भलिव प्रतियोगितामा पोखराका दुई, विभागिय टिम दई र पोखरा बाहिरका दुई समुह गरि ६ टिमले सहभागीता जनाएका छन् भने विद्यालय स्थरीय छात्रा भलिवलमा ८ टिमले सहभागिता जनाएको अधिकारीले जानकारी दिए ।
त्यसै गरि अन्तर मा.वि. लोक नृत्य प्रतियोगितामा १० टिम, तीज गीत प्रतियोगितामा १० टिमले दर्ता गरि सकेको र दर्ता गर्ने क्रमजारी रहेको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च हुनेछ भने करिब २१ लाख आम्दानी गर्ने आयोजकको अनुमान छ ।
 

कमेन्टहरु
Loading...