मृगौला पीडित दिनेशलाई ‘हाम्रो घर’ कोरियाको सहयोग

पोखरा, १९ भदौ/एक बर्ष यतादेखि दुबै मृगौला पीडित दिनेश गुरुङलाई ‘हाम्रो घर’ ङ«ोईको सहयोग जुटेको छ । स्याङ्जा सिर्सेकोट गाबिस वडा नं ६ छापाका २६ बर्षिय मृगौला पीडित दिनेश गुरुङलाई मंगलबार एक कार्यक्रमका बीच ङ«ोइ ‘हाम्रो घर’ कोरियामा संकलित रकम हस्तान्तरण गरिएको हो । ‘हाम्रो घर’ ङ«ोई कोरियाका संयोजक खोमप्रसाद गुरुङले संकलित रकम ४६ हजार, आठ सय रुपैया मृगौला पीडित दिनेश गुरुङलाई हस्तान्तरण गरेका हुन ।स्याङ्जाको उत्तर पश्चिमी भेग सिर्सेकोट, ढापुक, खिलुङ कालिका र पर्वतको दक्षिणी भेगका भोर्ले गाबिसबाट बैदेशिक रोजगारीका लागि कोरियामा कार्यरत करीब बीस युवाहरुले दिनेशको मृगौला उपचारका लागि सो रकम संकलन गरिएको हालैमात्र कोरियाबाट घरबिदा आएका ‘हाम्रो घर’ ङ«ोईका संयोजक खोमप्रसाद गुरुङले बताए । युवाबस्थामा नै दुबै मृगौला पीडित बनेका दिनेश गुरुङको जीवन बचाउ अभियानमा आफू लागि पर्ने प्रतिबद्वता जनाउँदै संयोजक गुरुङले यसमा राज्य तथा समाजको हरेक तह र तप्काको सहयोग रहेमा दिनेश गुरुङलाई बचाउन सकिने धारणा राखे । दिनेश बचाउ अभियानका लागि अब छिट्ट नै पोखरामा रहेको सिर्सेकोट तमु समाजले सहयोग समिति गठन गर्ने समेत बताए ।
रकम हस्तान्तरण कार्यक्रममा मृगौला पीडित दिनेश गुरुङ तथा उनकी श्रीमती याममाया गुरुङ, आमा रनशुवा गुरुङ, दाज्यू बलबहादुर गुरुङ, सिर्सेकोट नौथुम तमु समाजका अध्यक्ष ले. श्रीमान गुरुङ र सो तमु समाजका आमा समूहका प्रतिनिधि गोरी गुरुङको पनि उपस्थिति थियो । दुबै मृगौला खराब भएका कारण गत बर्षको कात्तिक महिनादेखि प्रत्येक हप्तामा दुइपटक पोखराको मणीपाल शिक्षण अस्पतालमा दिनेश डायलिसिस हुदै आएको छ । बैदेशिक रोजगारीका लागि करीब ६ बर्ष अघिदेखि दुबईको फ्रेस सिस्टम कम्पनीमा कार्यरत दिनेश मृगैला रोगका कारण गतबर्षको भदौमा घर फर्किएको परिवारले बताएको छ ।
दिनेशले बैदेशिक रोजगारीमा रहेर दुबईमा पाँच बर्षसम्म कमाएको र उसको र बाँकी घरमा रहेको सम्पत्ति गरी करीब १५ लाख रुपैयाँ जति दिनेसको उपचारमा खर्च गरी सकिएको र अब बाँकी आर्थिक श्रोत केही नरहेको परिवार बताउँछ । परिवारका अनुसार, दिनेशको उपचारका लागि भनि अहिलेसम्म उसले काम गरेको दुबईस्थित फ्रेस कम्पनीबाट ८१ हजार, हाल दुबईमा कार्यरत स्याङ्जाको सिर्सेकोट छापा, काउले र वालिङका युवाहरुले दुबई दिनेशको उपचारका लागि संकलन गरिएको ८० हजार रुपैया र नेपाल सरकारबाट दुईपटक पचास÷पचास हजार गरी दुई लाख, ६० हजार रुपैयाँ सहयोग भएको थियो । हप्तामा दुईपटक डायलिसिस गराउँदै आएका दिनेशको दुबै मृगौला प्रत्यारोपण गर्नका लागि करीब १३ लाख लाग्ने चिकित्सकले बताएको दिनेशको परिवार बताउँछन । परिवारले बताए अनुसार दिनेशलाई समय समयमा दम, अनुहार फुल्ने र बान्ता भई च्याप्ने गरेको छ ।

कमेन्टहरु
Loading...