पोखरामा सरकारी गाडीमा आगजनि गरेको आरोपमा नेविसंघका ५ जना पक्राउ

पोखरा, १९ माघ /सरकारी गाडीमा आगजनि गरेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आगजनिमा संलग्न रहेको आरोपमा नेविसंघका ५ विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामले लेकसाइड एक होटलबाट नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेललाई पक्राउ गरको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

उनीहरुको साथबाट बा ५६ प ३४८६ नंम्बरको मोटरसाइकल, ग १४ प १७२९ र ग ८ प १६८९ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनीहरुमाथी अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

शनिबार बिहान पोखरा ७ मासबारमा पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानलाई आगो लगाईदिएका थिए । उनीहरुले पेट्रोल छर्केर गाडी आगजनि गरेका थिए ।

कमेन्टहरु
Loading...