सागर राज तिमिल्सिना
पोखरा, १९ माघ /पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा अज्ञात समुहले आगो लगाएका छन् । आगोलागिबाट गाडी ध्वस्त भएको छ ।
अज्ञात समुहले पोखरा महानगरपालिका शिक्षा विभागका बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगोलगाएका हुन् । स्कुटमा आएका दुईजनाले एकजना गाडी रोकेको र अर्को एक जनाले शनिबार पनि सरकारी गाडी चलाउने भन्दै गाडीमा पेटोल छर्केर आगो लगाएर भागेको प्रहरीले जानकारी दिएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपि ओम रानाले आगोलगाउनेको खोजी कार्यभइरहेको जानकारी दिए । उनले नेपाल विद्यार्थी संघ आन्दोलनमा रहेका कारण विद्यार्थी सघले पनि हुन सक्ने आशंका गरे ।