विरेठाँटीमा अन्नपुर्ण हेल्थपोष्टको शिलन्यास

पोखरा १६, भदौ/कास्कीको पर्यटकीय स्थल विरेठाँटीमा अन्नपुर्ण हेल्थपोष्ट प्रोजेक्टको शिलन्यास गरीएको छ । दात्रि निकाय कोरीया के वाटर ग्रुपका योङ हो किम, रोटरी क्लब अफ पोखरा अन्नपुर्णका एजी रोटरीयन बाबुराम बराल, विरेठाँटी आमा समुहका अध्यक्ष विष्णुमाया गुरुङ, समाजसेवि तिलबहादुर गुरुङ र अन्नपुर्ण सेवा केन्द्रका अध्यक्ष होसियारसिंङ गुरुङले संयुक्त रुपमा शनिबार शिलन्यास गरेका हुन ।
DSC05400करीब ९० लाखको लागमा निमार्ण हुने हेल्थपोट सहित एम्वुलेन्स सेवा प्रोजेक्ट रोटरी क्लब अफ पोखरा अन्नपुर्णको पहलमा दक्षिण कोरीयाको के वाटर ग्रुप र हुमन फाउण्डेसनको संयुक्त सहयोगमा प्राप्त भएको हो । विरेठाँटी क्षेत्रमा स्वास्थको अभाव भएका कारण आफुहरुले दात्री निकायसंग सहकार्य गरी उक्त प्रोजेक्ट ल्याएको रोटरी क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष रोश गुरुङले बताए ।
के वाटर ग्रुपका योङ हो किमले रोटरी क्लवले विरेठाँटी क्षेत्रमा स्वास्थ्यको समस्या देखाएकोले अफुहरुले सहयोग गरेको बताउदै आगामी दिनमा समेत सहयोग प्रदान गर्ने वचन दिए ।
स्थानीय आयोजक अन्नपुर्ण सेवा केन्द्रका अध्यक्ष होसियारसिंङ गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, दाङसिंङ गाविसका गाविस सचिव चन्द्रकान्त तिमिल्सिना, समाजसेवि तिलबहादुर गुरुङ, एकिकृत नेकपा माओबादीका चिजकाजी गुरुङ, एमालेका सेरेन्द्र गुरुङ, नेपाली काग्रेंसका तिलबहादुर गुरुङ, केन्द्रका सचिव धमदक्त पौडेल लगायतले आफ्नो क्षेत्रबाट हेल्थपोष्ट बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धक्ता व्यक्ति गरेका छन ।

कमेन्टहरु
Loading...