गण्डकी प्रदेश प्रमुखद्वारा बस दुर्घटना भएकोमा दुःख व्यक्त

पोखरा, ३ माघ/गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा विहीबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
विहीबार एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख कुँवरले दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनले विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
‘यस दुःखद घटनामा तदारुकताका साथ उद्धार एवं उपचारमा खटिनुहुने सबैलाई धन्यवाद दिन चहान्छु’ प्रदेश प्रमुख कुँवरले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘बेलाबेलाल सवारी दुर्घटनाका कारण ठूलो जनधनको क्षति हुँदै गएको अवस्थामा सजगताका साथ सवारी–साधन सन्चालन गरी दुर्घटनाबाट जोगिन सरोकारवालासँग अपेक्षासमेत गर्दछु ।’
म्याग्दीको बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको यात्रुवाहक बस मालढुङ्गामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कमेन्टहरु
Loading...