हेमजाको एक घरमा आगोलागि

हेमजा, ४ माघ/ पोखरा महानगरपालिका २५ हेमजामा बिहीबार राती एक घरमा आगोलागि भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । हेमजाको संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगोलागि भएको हो ।

आगोलागिबाट घरमा रहेका लत्ता कपडा, अन्न पात लगायत जलेर क्षेतिको भएको छ । स्थानिय बासीले आगोलागि भएको करिब एक घण्टामा आगोनियन्त्रणमा लिएका थिए ।

घर नजिकै नहरमा पानी भएकाले आगो नियन्त्रणमा लिन सहज भएको स्थानीयले बताए । जाडो भएर आगो ताप्ने क्रममा आगोलागि भएको हुन सक्ने स्थानियको भनाइ छ ।

कमेन्टहरु
Loading...