विष्णुपादुका क्लवले तीज गीत प्रतियोगिता हुने

पोखरा, १६ भदौ। विष्णु पादुका क्लव हेमजाले हरितालिका तीजको अवसर पारेर भदौ २३ गते तीज गित प्रतियोगिता गर्ने भएको छ । संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गर्न लागिको उक्त प्रतियोगिता विभिन्न साँस्कृति कार्यक्रमको समेत आयाजन गरिने क्लवका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनलाई १० हजार द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुनेलाई तिन हजार पुरस्कारको व्यवस्था गरिएको छ ।पाँच सय रुपैया टिम दर्ता शुल्क राखिएको उक्त प्रतियोगितामा उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभुषालाई पनि एक÷एक हजार पुरस्कार छुट्टाईएको कार्कीले जानकारी दिए ।
प्रतियोगिता सफल पार्नका तयारी तिव्र गतिमा अघि वढेको छ कार्कीले भने–यसमा सवैको सहयोगको अपेक्षा गरेको छु । कार्यक्रममा समाजसेवामा अग्रणी भूमिका खेलेका महिलाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । तीज गित प्रतियिोगिता अलवा घैटो फुटाउने र रस्साकसी खेल पनि समाबेश गरिएको कार्कीले जानकारी दिए । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने छ ।

कमेन्टहरु
Loading...