माओवादीले विथोल्न खोजे प्रतिकारमा उत्रने — नेता पौडेल

सागर राज तिमिल्सिना/पोखरा, १६ भाद्र/नेपाली काँग्रेसका उपसभाती रामचन्द्र पौडेलले नेकपा माओवादी सहितका दलहरुले आगामी संविधान सभाको चुनाव विथोल्न खोजे आफना कार्यकर्ताहरु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले चुनाव विथोलन खोजे कार्यकर्ताहरु पनि प्रतिकारमा उत्रने बताए ।
उनले मंसिर ४ मा हर हालतमा चुनाव हुने बताउदै चुनावलाई कसैले विथोल्न खोजे आफना कार्यकर्ता पनि फ्रन्टमा आउने र प्रतिकार गर्ने बताए । उनले चुनावमा नआउने दलहरुलाई चुनावमा ल्याउन प्रयास गरीने तर प्रयास गर्दा पनि आउँदैनन भने चुनाव भएरै छाडने बताए । उनले चुनावमा नआउने दलहरु आफै जनाधार गुमाउदै जाने समेत बताए । 
ramchandraउपसभाती पौडेलले अहिले लोकतन्त्रलाई समाप्त गर्न लोकतन्त्र माथी खुला र भित्री रुपमा षडयन्त्र भइरहेकाले यसको संरक्षणका लागी पनि लोकतान्त्रीक सक्तिहरु विच एकता आवश्यक भएको बताए ।
उनले चुनावमा सुरक्षा अंगहरु कसरी प्रयोग गर्ने र कस कसलाई प्रयोग गर्ने भन्ने कुरा सरकारको भएकाले यसमा सरकारले गर्ने निर्णयनै अन्तिम हुने बताए । नेता पौडेलले सेना परिचारका बारेमा आवश्यक परे सरकारले व्यकफोर्सका रुपमा परिचालन गरिने बताए । उनले नेपाली काँग्रेसले उम्मेदवारीको चयन गर्दा पुराना पार्टीमा भुमीका खेलेका र युवाहरु सवैलाइ मिलाएर लैजाने भन्दै कसैले पार्टीको निर्णय विपरीत गइ बागी बन्ने कोशीस गरे तिनिहरुको पार्टीमा स्थान नरहने बताए ।
उनले मुख्य चार एजेन्डा लिएर काग्रेस चुनावमा जाने बताए । मंसिर चारमा संविधान सभाको चुनाव, चैत बैशाखमा स्थानीय चुनाव, ६ महिलना भित्र संविधानको काम सकि १ वर्ष भित्र घोषणा गर्ने र बाकि रहेको समयमा देश विकासका लागी कृषि, पर्यटन र जलविद्युतमा विकास गर्ने उनले बताए ।
 

कमेन्टहरु
Loading...