मौलिकता हराएका तीजे गीत…

–छाडा र बिकृतियुक्त दोहोरीको बोलबाला
–‘त्यस्ता गित र कलाकारलाई बहिष्कार गर्नुपर्छ’
महेशकुमार खाती
पोखरा, १६ भदौ
तिज नजिकिदै जाँदा विभिन्न भाकाका गितहरु यतिबेला खुबै घन्किरहेका छन् । बजारमा मात्र होईन, गाउँतीर पनि रेडियो र टीभिमा तीज नामका गित तथा भिडियो प्रशारण भैरहेका हुन् । तर, जिरो किलोटिरमा बस्ने म्याग्दीकि सरस्वती सुनारले हिजो आज बज्ने गरेका धेरै गितहरु कस्ता खालका हुन् भन्ने ठम्याउन सकेकि छैन््न् । तीजे भाका, दोहोरी या रत्यौलि के हुन् उनलाई बुझ्न मुश्किल परिरहेको छ । टिभिमा देखिने तिजका गितको भिडियो पनि परिवारसंगै बसेर हेर्न नहुने खालको भएको उनको बुझाई छ । ‘खै किन होला आजभोलिका गितमा त तिजका भाकै छैनन्’ सुनारले भनिन्–‘दोहोरी हुन् कि के हुन बुझ्नै गाह्रो भो ।’ उनले मात्र होईन अधिकांश स्रोता तीजका बजारमा आएका गीतप्रति सन्तुष्ट छैनन् । तीजको नाममा छाडा र बिकृतियुक्त दोहोरी तथा रत्यौली गितहरु बजारमा घन्किरहेका छन् । तिनीहरुकै बोलबाला छ अहिले । तिजका गितहरुमा बिगत ४÷५ बर्षदेखि मौलिकता हराएको बताईन्छ ।teej 1
अहिले बजारमा मुख्यगरी बिष्णु माझिको भिनाजु पल्के बरीलै, जवानी छल्केर ।, राम श्रेष्ठको अहिले नाचिन्छ डिस्कोमा गई, लर्केको कम्मर भाँचिन्छ ।, तेजश रेग्मी र शिलु भट्टराईको ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पीर छ, की त बुढो त्याग कान्छी की त मलाई बिर्स’ ।, निशा सुनारको म त बिन्दास….।, चोलेन्द्र पौडेलको म हेर्छु मायाँलाई दुरवीन लाएर.. । लगायत चर्चामा छन् । अहिले बजारमा आएका कतिपय गितमा पप शैली, ¥याप लगायत छन् । तिजका भनिएका यी गितहरु ठ्ट्यौली तथा रमाईला खालका भएकाले स्रोता तथा दर्शकले सुन्नेपनि गरेका छन् । तर यी गितहरु भाका, संगित, स्वर तथा भिडियो सबै हिसाबले तिजका नभएको मात्र दोहोरी र रत्यौलि भएको संस्कृतिकर्मीको भनाई छ ।
केहि बर्ष पहिलेसम्म नारीका दुःख, पीडा, संघर्ष, अधिकार र स्वतन्त्रताको कथालाई भाका सहित तिजको नाममा गाईन्थ्यो । तर, अहिले भने त्यस्ता गित सुन्नै मुश्किल छ ।
आजभोलि बज्ने गरेका तिजे नामका गितहरु सुन्दा अच्चमै लाग्छ बरिष्ठ लोक गायिका हरीदेवि कोईरालालाई । ‘अहिले तिजे गित त नाममात्रका हुन्, भाका, मर्म केहि पनि छैनन्, सुन्दा मलाई त साह्रै मन दुख्छ’ तिजे गितका मौलिकता हराएको चिन्तित कोईरालाले भनिन्–‘दोहोरी, तिजे पर्व या रत्यौलि के हुन पत्ता लगाउनै मुश्किल छ, मौलिकता सबै हराईसकेका छन् ।’ बुझि–बुझि पनि नबुझेको बाहाना गरि संस्कृतिलाई धराशाहि बनाईएको भन्दै उनले गुनासो पोखिन् । तिज पर्व आफैमा ऐतिहासिक हो, यसको आफ्नै पहिचान छ । मुख्य गरि नारीहरुले पीडा पोख्ने चाड पनि हो । गीतको उपमा पाएको तीज गीत मूल मर्मबाट हराएको र छताछुल्ल भएकोप्रति लोकसंस्कृतिकर्मीलाईमात्र होइन् आम स्रोता तथा दर्शकको पनि मन कटक्क खाने गरेको छ । ‘अहिले आएका तिजको नामका के गित हुन्, यस्ता गितहरुले नै हो समाजमा विकृति बिसंगति नेपाली समाजमा भित्रिएको’ जगदम्बा आमा समुहकी अध्यक्ष दुर्गा पहारीले एक कार्यक्रममा भनेकि थिईन–‘कलाकारले गाउने छाडा र गलत गितले र अश्लिल भिडियोले विकृति फैलिरहेको छ, अनि हिंसा पनि बढिरेको छ ।’
तीजका मौलिक गित आउनुपर्नेमा आवाज उठाईरहेको बताउँछन राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपाने । उनले तीजको नाममा आएका छाडा र मायाप्रितिका गित र कलाकारलाई समाजबाटै बहिष्कार गर्नुपर्नेमा जोड दिन्छन् । ‘हामिले त मौलिक गित ल्याउनुहोस् भनेर अनुरोध मात्र गर्ने हो, सेन्सर भन्ने केहि पनि छैन्, अहिले बिकृति फैलिरहेको छ’ न्यौपानेले भने–‘मिडियाले पनि त्यस्ता गितलाई बजाउनु भएन्, दीदिबहिनीहरु र समाजले ब्यवस्थित तवरले बहिष्कार गर्नुपर्ने हुन्छ, तबमात्र राम्रा गित आउँथे कि ।’
तीज गीतको विषयवस्तु र शैली भड्किलो र मर्मबाहिर गएको आम स्रोता तथा दर्शकको भनाई छ । गायिका कोईरालाको बुझाईमा तीज नारीको सम्वेदना र अधिकारको माग गर्ने पर्व हो । ‘नारीले १ बर्षसम्म भोग्ने आफ्नो, समाज र राष्ट्रका सामाजिक घटनाहरु तिजे गितमा आउनुपर्ने हो, तर त्यस्ता अहिले त भन्नुमात्रै हुन्छ, १० बर्षपछि तिजे गित के हो भन्ने नै भुलिन्छ’ उनले गुनासो गरिन–‘तीज गीत त हाम्रो मौलिक सांस्कृतिक धरोहर हो, यसलाई बँचाईराख्नु पर्ने हो तर, पछिल्लो समयमा बिग्रदै गयो ।’ पछिल्लो समयमा भित्रिएका त्यस्ता खालका गितहरुप्रति कतिपय कलाकारहरु पनि सन्तुष्ट छैनन् ।teej 2
विश्वसमाु विकृतिले नेपाल चिनायो नामक एल्बम बजारमा ल्याएकी सरस्वति परियारले तडक भड्क युक्त गितहरु तिजको नाममा आउन नहुने बताँउछिन् । ‘नारी जागरणका गित र समसामयिक गितहरु एल्बममा समेटिएको छ’ परियारले भनिन्–‘तिजको मौलिकता हराउन दिनु हुन्न, विकृति बिसंगति अन्त्यतर्फ गितहरु केन्द्रित हुनुपर्छ ।’ अर्का कलाकार केशब घिमिरेलेसमसामयिक बिषयमाथी ब्यङ्ग्य हानेर तीजको मौलिकता हराउन नहुनेका खालका गितको एल्बम ल्याएको बताउँछन् । ‘हाम्रो संस्कृति र मौलिकता हराउन नहुने भाकामा समसामयिक बिषयमा ब्यङ्ग्य हानिएका गित छन् ।’ घिमिरेले भने ।
तीजको नाममा आएका पछिल्ला गितले मौलिकता लोप गराउन भुमिका खेलेको आरोप केहि कलाकारहरुलाई लगाईएको छ । रत्यौली र दोहोरी पाराका तीजे गितहरु बजारमा ल्याएका कलाकारहरुले भने मौलिक नचलेपछि फरक खालका गितहरु ल्याउनुपरेको बताउँछन् । गायक चोलेन्द्र पौडेलले भने–‘दर्शकहरुले मौलिक भाका भन्दा पनि ठट्यौली खालका गितहरु मन पराउन थालेपछि यस्ता खालका गित बजारमा ल्याएका हौं ।’ समयअनुसार चल्नुपर्ने बाध्यता भएको बताउँछन् कतिपय कलाकार । गायिका निशा सुनारले आफ्ना गितमा मौलिकता नगुमाएको दाबी गर्दै समयआनुसर आधुनिक तवरले चलेको बताउँछिन् । ‘मैले गाएका गितमा मौलिकता छ, हराएको छैन्, समयअनुसार आधुनिक छ’ सुनारले दाबी गरिन–‘मेरो गितले पनि सन्देश दिएको छ ।’
अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्न सक्ने भएपनि त्यस्ता खालका भने आउनै छाडेका छन् । तीजे गितको मौलिकतालाई बिर्गानमा गायिका कोमल वलिको भुमिका धेरै देख्छन् कलाकर्मीहरु । वलिले पोईला जान पाम… भन्दै तीजे गित गाएपछि गितले मौलिकता गुमाउन थालेको कतिपयको भनाई छ । यस बिषयमा उनीसंग सम्पर्क भने हुन सकेन । पछिल्लो समयमा आएका तीजे गितका भिडियोहरु पनि मौलिकता बाहिरका छन् । भिडियो बनाउने निर्देशकहरुलाई बिर्गानमा भुमिका खेलेको आरोप छ । तर, निर्देशकहरुले भने मौलिक तिजका गितहरु नपाएको र गित अनुसारनै भिडियो निर्माण गरेको बताउँछन् । ‘मेले यो बर्षको तीजमा ४९ वटा भिडियो निर्देशन गरे तर, तिजको मौलिकतायुक्त गित पाईन, जस्तो गित र संगित आउँछ त्यस्तै बनाउनुप¥यो’ चलेका निर्देशक शंकर बि.सिले भने–‘हामि त जस्तो मादल र गित बच्छ त्यसरी नै चल्नु प¥यो, हामिले बिगारेका छैनौं ।’ ४० वटा भिडियो निर्माण गरेका निर्देशक प्रकाश भट्टले पनि तीजे भाकाकै अभावमा मौलिक खालको भिडियो बनाउन नसकेको बताउँछन् । ‘म त गित अनुसार राम्रै बनाउँन चाहान्छु तर, पाईन के गर्ने अनि यस्तै बनाईनु प¥यो ।’ उनले थपे ।
तस्वीर ः गुगल

कमेन्टहरु
Loading...